१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६६


कोरोना भाइरस (कोभिड-१९)

१६ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा ६ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । साथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको समेत डा. शर्माले जानकरी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !