१३ बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा आज देखियो ८ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौं, असार १५ । काठमाडौं उपत्यकामा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज सोमवार काठमाडौं जिल्लाका ६ जना तथा ललितपुर जिल्लाका १ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४७६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२४८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३१३४ पुगेको छ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !