, कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४३ पुग्यो

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४३ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४४३ पुग्यो, थपिए १६ जना

सुर्खेत, १६ असार । कर्णाली प्रदेशमा आज दिउसो १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४४३ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो २:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा १२ जना र भारी अस्पताल, नेपालगंज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।