१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार १२ । काठमाडौंमा आज शुक्रबार थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा ३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएकाे हो ।

नेपालमा आज कोरोना भाइरस संक्रमण नयाँ ५९३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ ।नेपालमा अहिलेसम्म कोरोना संक्रमणवाट २७ जनाको मृत्यु भई सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !