८ बैशाख २०८१, शनिबार

नेपालमा ९१३ जनाले जिते कोरोना, थप ३६ जना घर फर्किए


घर फर्किए

३१ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९१३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज हुनेहरुमा नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना पुरुषहरु, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुषहरु र भरतपुर अस्पतालबाट ६ जना पुरुषहरु रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज २७३ कोरोना संक्रमितहरुमध्ये २४७ जना पुरुषहरु र ३६ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५३३५ कोरोना संक्रमितहरुमध्ये ४९४९ जना पुरुषहरु र ३८६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९१३ जना पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ८७७ जनाले जिते कोरोना, थप १६ जना घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !