८ बैशाख २०८१, शनिबार

मध्यविन्दु नगरपालिकामा थप १ जनामा कोरोना पुष्टि


प्रिय धन
प्रिय धन

नवलपुर, जेठ ३१ । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा शनिवार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी मध्यविन्दु ११ को वीरेन्द्र मावि द्वार दहको क्वारेन्टाइनमा बस्दै आएका थिए । मध्यविन्दु नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतवाट आई क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाव परिक्षणको क्रममा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । आज थप भएका १ जना सहित मध्यविन्दु नगरपालिका कोरोना संक्रमितको संख्या २ पुगेको छ भने नवलपुर जिल्लामा संक्रमितको संख्या ४३ जना पुगेको छ ।

संक्रमितलाई प्राकृतिक चिकित्सालय रजहर लैजाने तयारी भई रहेको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा संयोजक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो । यसैगरि पर्वत जिल्लामा पनि आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

यसैगरी देवचुली नगरपालिकावाट स्वाव परिक्षणका लागि पोखरा लगिएका ३५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनु भएको छ । शुक्रवार मात्र नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !