, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७

गण्डकी प्रदेशमा थपिए कोरोनाका ५ नयाँ संक्रमित

३१ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ । उनीहरुलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भईरहेको छ ।

साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ । गण्डकी प्रदेशमा फेरि थपिए कोरोनाका ५ नयाँ संक्रमित