१३ बैशाख २०८१, बिहिबार

मधुमेहका रोगीले खानुपर्ने जडिबुटीहरू


मधुमेहका रोगीले खानुपर्ने जडिबुटीहरू

मधुमेहका रोगीले खानुपर्ने जडिबुटीहरू निम्न अनुसार छन् ।

१. चुत्रो

चुत्रोमा बार्बेरिन नामको कम्पाउण्ड पाईन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्टेरोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।

२. बेसार

बेसारमा कुर्कुमिन नामक तत्व पाईन्छ जुन एण्टि इन्फ्लामेटरी गुण भएको तत्व हो । बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौ प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ । यसैगरी कुर्कुमिनको सेवनले ईन्सुलिन प्रतिरोधकता कमगरेको, ईन्सुलिन समवेदनशीलता बढाएको, ईन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पुर्व मधुमेही हरूलाई समेत ठिक गरेको तथ्य प्रकाशमा आएका छन ।

३. दालचिनी

हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफैमा एउटा सुपरफूड हो । दालचिनीमा प्रचूरमात्रामा एण्टि-अक्सिडेण्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कमगरेर रक्तग्लूकोज कम गर्दछ । वैज्ञानिकहरू दालचिनीमा ईन्सुलिनले जस्तै कामगर्ने तत्व भएको मान्दछन । दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी. तीनैको रक्त स्तर कमगरेको तथ्य प्रकासित भईसकेका छन । यसैगरि दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाईएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ ।

४.तीते-करेला

तीते-करेलामा Cherintin, Vicine, Lectin र Polypeptide P जस्ता औषधिय तत्वहरू छन । चेरिन्टिनले ले रक्त ग्लूकोज कम गर्दछ भने भिसिन, लेक्टिन र पोलिपेप्टाईड पी ले ईन्सुलिनले जस्तै कार्य गर्दछ ।

५.मेथी

मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशिल रेशाहरू छन् । यी रेशाहरू आन्द्रामा पुगेर पानीमा घुलिदा बनेको लेदोले कार्बोहाईड्रेट्सको पाचन र अवशोषण दुबैलाई सूस्त बनाई दिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एण्टि–अक्सिडेण्ट पनि पाईन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथिलाई उमारेर पनि खान सकिन्छ ।

६. घ्युु-कुुमारी

घ्युु-कुुमारीको रस पिएर रक्तग्लूकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रिय तत्वहरू पाईन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी.को स्तरलाई घटाउदछ । दैनिक १ चम्चा घ्युु–कुुमारीको गुदि बिहान खादा मधुमेहमा राम्रो गर्दछ ।

७. विजय-साल

विजय-सालको पानी पिउदा हाड जोर्नीहरूको दुखाई कम हुने, तौल घट्ने, रक्त शुद्घिकरण हुने आदि कथनहरू प्रचलनमा छन्, तर विजयसालको बोक्राको पानी उमालेर पिउदा मधुमेह पनि कम हुन्छ । विजयसालको बोक्राको काँढा दिनको २ चोटि खादा राम्रो गर्दछ ।

८. लसुन

लसुनमा शरीरलाई फाईदा पुर्याउने ४०० भन्दा धरै तत्वहरू छन् र ती मध्यका केही तत्वहरू जस्तै Allici, Allyl Propyl Disulfide and S-allyl Cysteine Sulfoxide ले ईन्सुलिनलाई कलेजोमा निस्क्रिय हुन नदिएर रक्त ईन्सुलिनको मात्रा बढाउदछ । रक्त ग्लूकोजलाई कम गर्नुका अलावा लसूनले ईन्लामेसन कमगर्ने, कोलेस्टेरोल कम गर्ने र रगत पातलो पार्ने काम गर्नेहुँदा यसले पनि मधुमेहको जटिलता घटाउदछ । दैनिक १५ ग्राम लसुुन खादा मधुमेहमा राम्रो गर्दछ ।

९. सिस्नु

सिस्नु पनि बहुउपयोगी जडिबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच.बी.ए.वान.सी.को स्तरलाई राम्ररी घटाउछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान ईन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानिएको छ ।

१०. गुडमार

यो औषधि खाएर कुनै पनि गुलियो चिज खादाँ गुलियो चिजको स्वाद पट्टकै रहदैन । यसैले यसको नाम गुडमार राखिएको हो । गुडमार खाए पछि गुलियो बस्तु प्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान Gymnemic Acid ले स्वाद ग्रन्थिको गुलियो ग्रहक लाई रोक्दछ । गुडमारको सेवनले आन्द्रामा ग्लूकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउदछ भने ईन्सुलिनको उत्पादनलाई पनि बढाउदछ । गुडमारको पातको धुलो १ चियाचम्चा बिहान पानीसंग घोलेर खाएको राम्रो हो ।

लेखक डा. हेमराज कोइराला भरतपुर महानगरपालिका-१, वागीश्वरी, चितवन स्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

गुर्जो खाऔ, कोरोना भगाऔ

भोजन को सँग गर्ने, को सँग नगर्ने

कोरोना भाइरसबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

भुडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपायहरू

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !