८ बैशाख २०८१, शनिबार

गुर्जोको लहराको औषधीय महत्त्व


गुर्जोको लहरा

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथ लगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।

साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सर सम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । भारतिय योगहरु रामदेवले पनि यसको सेवनले कोरोनाबाट बच्न सकिन्छ भनेका छन ।ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा पनि फाइदाजनक हुन्छ।

उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो ।

नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पान झैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ ।

गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।

स्रोत : कृषि गुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !