१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरसमा प्रयोग गर्न सकिने उपयोगी जडिबुटी


गुर्जाे
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

संसार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको युद्धमा लडिरहेको छ । परीक्षणका लागि सरल प्रविधि, खोप र उपचारको खोजमा संसारका स्वास्थ्य वैज्ञानिकहरू लागिरहेका छन् । तैपनि विकसित देशका उन्नत स्वास्थ्य सेवा भएका मुलुकमा दैनिक हजारका हाराहारीमा मानिसको मृत्यु भइरहेको छ ।

लकडाउनको रणनीति धेरै देशले अपनाएका छन् र संसार ठप्प प्रायः छ । संसार कोरोनाकै कारण त्रसित छ । प्रधानमन्त्री, मन्त्री जस्ता उच्च जीवनशैली भएका मानिस पनि यसबाट बच्न सकेका छैनन् । आधुनिक सभ्यताकै अन्त्यको खतराको घण्टी बजाउने कोरोना भाइरसमा गुर्जो जस्ता अनेकौं जडिबुटीको प्रयोग गरेर हेर्दा के विग्रन सक्ला त ।

नोबेल कोरोनाको उपचार गर्दा आज कतिपय ठिक भएका घटना पनि हामी सुन्न सक्छौं । कुनै पनि रोगको उपचार गर्दा लक्षणको आधारमा गरेको हुन्छ । विश्वका वैज्ञानिकहरू औषधिको खोजमा लागेको कुरा हामी मेडियामा सुन्न सक्छौं तर औषधि नभएको अवस्थामा विरामी कसरी निको भए यो प्रश्न सवैभन्दा पेचिलो देखिन्छ ।

उपचार छ भन्ने सन्देश यसले देखाएको छ भने यहाँ डराउनुपर्ने केहि छैन । मैले बुझे अनुसार कतिपय रोगीहरू निको भएर घर फर्के भन्ने खबर सुन्दा यस्ता विरामी कसरी निको भए यदि कोरोनाकै कारण विरामी भएका र उपचार गर्दा ठिक भएका हुन भने हामीसंग औषधि रहेछ भन्ने कुराको जानकारी आम समुदायमा पुग्न जरूरी छ ।

नेपाली भूमिमा भएका थुप्रै जडिबुटीसंग मिल्ने खालका लक्षणहरू नोबेल कोरोना भाइरससंग मिल्ने भएकाले यस्ता औषधि चलाउन सके धेरै राम्रो देखिन्छ । कुनैपनि औषधि होस् वा जडिबुटी किन नहोस् यदि पहिले देखि नै प्रयोग भएका भए डराउनुपर्ने केहि छैन । कुनै पनि एलोपैथिकसंग चलाउन सकिने देखिन्छ ।

हिजो ऋषिमुनिहरूले यस प्रकारको औषधिबाट उपचार गर्दै आएका थिए तर वैज्ञानिक आधार भन्दै यस्ता औषधि कम चलेको पाइन्छ । खतरनाक खालका रोगहरू पनि निको नभएका होइनन् । हामीले आधार होइन उपचार गरेर हेर्नुपर्छ र मात्र हामी सफल हुन सक्नेछौं ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

कोरोना भाइरस नेपाल घुम्न डराउनुको कारण यस्तो पो रहेछ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !