७ बैशाख २०८१, शुक्रबार

होम्योपैथीक र मदर टिन्चरका चमत्कारिक फाइदाहरु


मदर टिन्चर
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होम्योपैथीक औषधिमा मदर टिन्चर महत्वपुर्ण औषधिको रूपम लिएको छ । यस्ता मदर टिन्चर सिङ्गल जडिबुटीबाट बनाइएका छन् ।‌ यस्ता जडिबुटी नेपालमा प्रशस्त भएकाले होम्योपैथीक औषधि तयार गर्न सके एलोपैथिक भन्दा पनि राम्रो परिणाम देखिन सक्छ ।

नेपालमा सीमित होम्योपैथीक डाक्टर भएका र मदर टिन्चर भन्दा डायुलेसन र वायोकेमिकबाट उपचार गर्ने भएकाले यस्ता लेख कम आउने गरेका छन् । होम्योपैथीक औषधि सेफ हुँदाहुँदै गर्दा पनि मदर टिन्चर सम्बन्धि पुस्तकको अभाव खटिएको छ ।

म “अखिल नेपाल होम्योपैथीक एसोसिएसन “को आजीवन सदस्य भएकाले यसको विकास नेपालमा होस् भन्न चाहन्छु । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा जडिबुटी त्यसै खेर गएको हुनाले यस्ता जडिबुटी सदुपयोग गर्दै होम्योपैथीक औषधिको विकास नेपालमा भएमा बेरोजगार मेट्न र खेर गएका जडिबुटी पनि प्रयोग हुने जनता निरोगी हुने प्रयाप्त सम्भावना देखिएको छ ।

होम्योपैथीक औषधि शुद्ध जडिबुटीबाट बन्ने भएकाले साइड इफेक्ट समेत नहुने देखिन्छ । यस्ता औषधि उत्पादन गर्ने जिम्मा सरकारले लिन सके देशको उन्नति निश्चित देखिन्छ । आजको यो लेखमा मैले केहि मदर टिन्चरबाट सन्चो हुन सक्ने औषधिबारे जानकारी पस्कनेछु ।

केहि रोगहरूमा मदर टिन्चरको प्रयोग यस्तो छ

१. अशोका मदर टिन्चर 

यो अशोकको बोक्रा पात फलबाट बनाईएको छ । महिलाको मासिक धर्म सम्न्धित सम्पुर्ण रोग यो औषधिको सेवनले निको बनाउदछ ।

२. मिलिफोलिएम मदर टिन्चर

यो पनि जडिबुटीबाटै बनेको छ । Feminine 5 mg,Tranexamic Acid 500mg को टेब्लेट भन्दा छिटो काम गर्छ ।

३. कार्डुअस मरयानस

लिभर सम्बन्धित सम्पुर्ण रोगमा उपयोगी छ ।

४. ड्रोसेरा

यो औषधिको प्रयोग गर्नाले लहरे खोकी (Whooping Cough) मा राम्रो फाइदा गर्दछ ।

५. बरबेरिस बल्गेरिस

यो औषधिले पित्त थैली र किड्नी स्टोनमा राम्रो फाइदा गर्दछ । हामीले हजारौं पेसेण्टको पत्थरी फाल्न सफल भएका छौं ।

६. सिम्फाटम

टुटेको हड्डी जोड्न वेजोड औषधि छ । यस्को साहेताबाट हड्डी जोड्न सफल भुमिका निभाउन सकिने छ ।

७. गिलोय टिन्चर

मलेरिया र पुराना क्रोनिक रोगमा समेत राम्रो फाइदा गर्दछ ।

८. टिन्चर निम

चर्म रोग र मलेरियाको सफल औषधि ।

९. हाइड्रास्टिक

यो औषधिले क्यान्सरको रोगमा सफल उपचार हुन्छ । मैले १ बर्षमा मर्छ भनेको मान्छे ५ बर्ष सम्म बचाएको छु ।

१०. एपोसाइमन

यो औषधि शरीर सुन्निएको,पेटमा पानी भरिएकोमा उपयोगी छ ।

नोट : यो मदर टिन्चर उमेर र अवस्था हेरेर १० देखि १५ थोपासम्म दिनमा २ वा ३ पटक पानीमा मिलाएर दिन सकिनेछ ।

यो पनि पढनुहोस्

होम्योपैथीक औषधिबाट ग्यास्ट्रिकको उपचार

मानव स्वास्थ्यको लागि ठूलो औषधि असुरोका फाइदाहरु

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

प्रसिद्ध एलोपैथिक डाक्टर यसरी बने होम्योपैथीकका जन्मदाता

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !