१३ बैशाख २०८१, बिहिबार

गाजाको प्रयोगबाट लिन सकिने फाइदाहरू


गाँजा

गाजालाई अंग्रेजीमा कैनाबीस, मेरिजुना, वीड आदि नामले चिनिने गर्दछ । गांजा (Cannabis वा Marijuana) बाट मनोसक्रिय मादक (Psychoactive Drug) बन्दछ । यस्ता औषधि बजारमा थुप्रै बेच्ने गरेको पाइन्छ । तर यस्तो औषधिको अणु विदेशबाट भित्रने गरेको छ । गाजाको पात फुल डाठ सवै सुकाएर औषधि बनाउन सकिन्छ ।

यो नेपाल र भारतमा बढी हुने गरेको पाइन्छ । यो लागु पदार्थको रूपमा चिनिने गरेको र नेपालमा प्रतिबन्धित बस्तु अन्तर्गत पर्दछ । गाजालाई शिवको प्रसादको रूपमा प्रयोग हुनाले यसलाई प्रतिबन्धित गरेको हुन सक्छ ।

नेपालमा पहिले गाजा धेरै उत्पादन हुने हुनाले यसको स्वाद चाख्न अमेरिकादेखि अमेरिकी नागरिक नेपाल आउने गर्दथे । यो अमेरिकी सरकारलाई राम्रो लागेन । त्यसैले नेपालमा गाजालाई प्रतिबन्ध गराउन अमेरिकी दबाब भएकाले गाजालाई लागुऔषध अन्तर्गत राखेको देखिन्छ तर अमेरिकामा भने यसको उत्पादन गरेको छ ।

तर गाजाको सेवनले आजसम्म कोही मानिस मरेको भन्ने खबर मेडियामा नआएको र यसवाट थुप्रै औषधि बनेर नेपाल भित्रने गरेकाले यस्ता औषधि स्वदेशमै निर्माण गर्न सके अल्जाइमर, ग्लुकोमा, छारे रोग जस्ता थुप्रै रोग यो औषधिको प्रयोगबाट निको हुन सक्ने भएकाले देशले फाइदा उठाउन सक्नुपर्छ ।

आज हाम्रो देशमा गाजाको खेती गर्न सके बाझो जमिनबाट मनग्य आय लिन सकिन्छ । गाजा बहुउपयोगी औषधि अन्तर्गत पर्दछ । गाजाबाट बनेको औषधि भारतबाट नेपाल आइरहेको छ । नेपालको गाजा सवैभन्दा राम्रो भन्ने कुरा पहिले नै प्रमाणित भइसकेको छ ।

गाजामा टेट्राहाइड्रोकार्बनबिनोल पाइन्छ भने यसलाई छोटो शब्दमा टीएचसी नामले पनि पुकार्न सकिन्छ । गाजालाई आयुर्वेदिकमा ठूलो औषधि मानेको छ । कुनैपनि बस्तुलाई बढी प्रयोग गरिन्छ भने त्यसले नोक्सान गर्न सक्छ । आउनुस यसको प्रयोबाट के कस्ता रोग निको पार्न सकिन्छ जानौं ।

यस्ता छन् गाजाको फाइदाहरू

१. २०१३ मा वर्जीनियाको कॉमनवेल्थ यूनिवर्सिटीमा गरिएको रिसर्च अनुसार गाजामा पाइने एक प्रकारको तत्वले एपिलेप्सी (मिर्गी, छारे रोग) को आक्रमणलाई रोक्ने क्षमता यसमा छ । यो कुरा साइन्स पत्रिकामा पनि छापेको छ ।

२. ब्लड सुगरका कारण भएको (Glaucoma ) आँखा सम्मन्धित रोग यसको प्रयोगले राम्रो फाइदा गर्दछ भनेको छ । अमेरिकाको नेशनल आई इंस्टीट्यूटको भनाइमा गाजाको सेवनले यो रोग निको हुन सक्ने कुरा उल्लेख गरेको छ ।

३. अल्जाइमर संग सम्बन्धित पत्रिकामा छापेको शोध अनुसार गाजामा पाइने टेट्राहाइड्रोकैनाबिनॉलको सानो मात्रा सेवन गराउनाले अल्जाइमर जस्ता रोग निको हुने बताइएको छ ।

४. २०१५ मा क्यान्सरसंग लड्ने क्षमता गाजामा भएको पत्ता लागेको थियो । अमेरिकी सरकारको वेबसाइटको भनाईमा कैनाबिनाएड्स भन्ने तत्वले क्यान्सरका कोसिकालाई मार्न सक्ने क्षमता यसमा पाइएको छ भनेको छ ।

५.थुप्रै शोध अनुसार कीमोथैरेपीको साइड इफेक्टलाई समेत यस्ले फाल्ने काम गर्दछ । कीमथोरैपीको साइड इफेक्टकपमा नाकबाट पानी बग्नु,उल्टि हुनु,भोक नलाग्नु जस्ता समस्या देखिने गर्दछ । अमेरिकामा एफडीए विभागले यस्ता विरामीलाई गाजाको सानो मात्रा दिन मनजुरी गरेको थियो भनेर उल्लेख गरेको छ ।

नोट : हाम्रो उद्धेश्य जानकारी पस्कनु हो जुन बस्तुको उपयोगले देशलाई मनग्य फाईदा देखिएको छ । यस्ता वस्तुको उत्पादन गरेर देशलाई स्विजरल्याण्ड बनाउन सकिन्छ भने यसको फाइदा हामीले किन नउठाउने सरकारको ध्यानाकर्षण गराउन चाहांन्छौं ।

यो पनि पढनुहोस्

गाजा र भाङबाट गरिने आयुर्वेदिक उपचार

लागूऔषधको रूपमा परिचित गाजाका अनगिन्ती फाइदाहरू

महाशिवरात्रीमा सेवन गरिने गाजा भाङको नशा हटाउने सरल उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !