१३ बैशाख २०८१, बिहिबार

मानव स्वास्थ्यको लागि ज्वानोको प्रयोगका चमत्कारीक फाइदाहरु


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यको लागि ज्वानोको प्रयोगका चमत्कारीक फाइदाहरु ! हाम्रो भान्सामा प्राय ज्वानो भएको हुन्छ । आज मैले ज्वानोका चमत्कारीक फाइदाको बारेमा जानकारी पस्कनेछु । सबैका भान्छाहरूमा बेला मौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।

झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषण तत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामिन तथा खनिज पदार्थहरू पाइन्छ ।

यसले मुख्य रूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरू मार्फत रस निकाल्न मद्दतपुर्याउछन् । यसमा वात, पित्त नासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाई कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वास-प्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । नोबेल कोरोना भाइरसले देखाउने अधिकांश लक्षणहरूमा ज्वानोको सेवन उपयोगी छ । रोग लाग्न नदिनु पनि एउटा उपचार हो ।

ज्वानोको सेवन गर्नुका चमत्कारीक फाइदाहरु

१. पेटको दुखाईबाट तुरुन्त आराम दिन्छ । ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ ।

२. सर्दीबाट बचाउँछ १५-२० दिनसम्म २ ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ ।

३. डायविटिज नियन्त्रण गर्छ डायविटिजको विरामीले १ चम्चा ज्वानोको दाना साझ १ गिलास पानीमा राखेर छोड्ने र विहान खाली पेटमा पानी पिउने र ज्वानो पनि सेवन गर्नाले सुगर लेवल कम हुन थाल्दछ ।

४. नशा हटाउँछ जाँडरक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसंग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।

५. शरीर मोटो छ बोसो फाल्न ज्वानोको पानी र ज्वानो साझ २ चमच जती १ गिलास पानीमा भिजाएर राख्ने प्रात: बासी मुख यो पानी र ज्वानो सेवन गर्नाले फ्याट कम गराउदछ । बढी मोटो हुनेहरूको लागी रामबाण औषधि मानिएको छ ।

६. ज्वोर्नी दुख्ने समस्या भएमा ज्वानो पानी र ज्वानो सेवन गर्नाले राम्रो फाइदा गर्दछ ।

७. मुखबाट अमिलो पानी आउने समस्या भएमा पनि यो औषधिको सेवनले राम्रो फाइदा गर्दछ । ज्वानोमा वाथ र पित्त नासक गुण हुनाले यस्ता रोग लाग्द ज्वानोको पानी सेवन गर्नुपर्दछ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

औषधीको रुपमा हलेदोको प्रयोग गर्नुका फाइदाहरु

मानव स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोगका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !