६ बैशाख २०८१, बिहिबार

संसारको सबैभन्दा महँगो रुख अगरवूड (Agarwood) र यसको उपयोगिता


अगरवूड

अगरवूड (Aquilaria Tree) संसारको सबैभन्दा महँगो रुख हो । अगरवूड विरुवा विविधतापूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारतदेखि मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ । भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ । यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ । यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिकाबाट यसको खेति गर्न सकिन्छ । अगरवूड उच्च महत्व भएको विरुवा हो ।

भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । अगर(Oud) को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८-१२ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ । यसलाई भगवानको वृक्षको नामले पनि चिनिन्छ । यसको प्रयोग विभिन्न धार्मिक कार्यहरुदेखि लिएर औषधिय पिय पदार्थ बनाउन तथा चिनमा सजावटको रुपमा पनि प्रयोग गरिन्छ । बुद्ध ,मुस्लिम, हिन्दू सबै धर्मलम्बीको लागि यो रुख अत्ती नै उपायोगी छ ।

अगरवूडको उपयोगिता

१. चियाको रुपमा

यसको पातको चिया (Agarwood Tea/Oud tea) पनि बनाउन मिल्छ ।

२. सजावटको रुपमा

यसको काठबाट निकालिने तेल विभिन्न बास्तादार चिजहरु जस्तै अत्तर (Perfume) बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरु, बास्नादार बस्तुहरु बनाउनमा यसको प्रयोग गरिन्छ । यसको फर्निचर बनाउन पनि सकिन्छ ।

३. औषधिको रुपमा

यसको तेल विभिन्न रोगहरु जस्तै डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ ।

४. यरोमाथेरापीको रुपमा

यरोमाथेरापीको रुपमा प्रयोग गर्दा अगरवूडको तेलले मानसिक तनाव, रक्तचाप, डिप्रेसन लगाएत विभिन्न मानसिक रोगबाट मुक्ति दिलाउन मद्धत गर्दछ ।

५. उपचारको लागि

अगरवूडको तेल कलेजो र मृगौलाको समस्या तथा फोक्सो, पेटमा हुने ट्युमरको उपचारको लागि प्रयोग गरिन्छ । यसको तेल दम, बाथ, यौन रोग आदिको उपचारको लागि प्रयोग गरिन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् : याग्रो मार्ट प्रा. लि., चप्पल कारखाना चोक, महाराजगन्ज, काठमाडौं, फोन न. ०१- ४४१८९२१


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !