४ बैशाख २०८१, मंगलबार

यी हुन् किरा, फट्यांग्रा, जीबजन्तु खाने बोटबिरूवाहरु, कस्तो अचम्म !


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यी हुन् किरा, फट्यांग्रा, जीबजन्तु खाने बोटबिरूवाहरु ! यो संसार बुझी साध्य छैन, जाने साध्य छैन । यो धर्तीमा सुन्दा अचम्म खालका अनेकौं प्रकारका जीवजन्तु, जडिबुटी छन् । यस्ता जडिबुटी जसले किरा फट्यांग्रा खाने गर्दछ । नाइट्रोजनको अभाव पुरा गर्न फट्यांग्रा खाने गर्दछ यसलाई ड्रोसेरा (Drosera) भन्दछन् । आउनुस आजको लेखमा यस्ता औषधिबारे जानकारी प्राप्त गरौं ।

यस्ता बोटलाई मांसाहारी बोटबिरुवा (Carnivorous Plant) भन्दछन् । यसका ३० प्रकारका प्रजातीहरू हुन्छन् । यस्ता बोट नेपालमा पनि काहि-काहीं देख्न सकिन्छ । यस्ता रूखहरू प्राय: जहाँ नाइट्रोजनको कमि हुन्छ त्यस्ता ठाउमा यो रूख पैदा हुने गरेको पाइन्छ ।

मांसाहारी बोटबिरुवाहरुले नाइट्रोजनको अभावमा किरा फट्यांग्रा खाएर नाइट्रोजनको कमि पुरा गर्दछन् । मान्छेलाई जस्तै यस्ता बोटबिरूवालाई पनि प्रोटिनको आवश्यक हुन्छ । यो जडिबुटीको पातमा मसिना संवेदनशील बाल हुन्छन् । यसको अग्रभागबाट चम्किलो पदार्थ निस्कने गर्दछ ।

यो पदार्थको खास काम भनेको किरा फट्यांग्रालाई आकर्षक गर्नु रहेको छ । यस्ता पातले जब किरा फट्यांग्रा मह सम्झेर बस्नासाथ पातले बेर्न थाल्दछ । पातले बेरिसकेपछि पातमा पाचनरस पैदा हुन थाल्दछ । त्यही पाचनरसको साहेताले किरा मरेर पचाउन थाल्दछ । कहिलेकाही यो जडिबुटीले धेरै किरा फट्यांग्रा खाएमा बिरामी हुन्छ । केहि दिन आराम गरेपछि फेरि खान थाल्दछ ।

द्रोसोमा ब्लैडरवटर् (Bladderwort) यो पातलो जरा नभएको मसिना पात भएको हुन्छ । हेर्दा थैलो आकारको हुन्छ । थैलो मुखमा ढकन टाइपको बिर्को हुन्छ भित्रपट्टी खुल्दछ । थैलोको छेउबाट लेसिलो पदार्थ बग्ने गर्छ । त्यहि लेसिलो पदार्थको साहेताले किरा फट्यांग्रा गल्तीले भित्र पस्नासाथ बिर्को लाग्छ र किरा फटेंग्रा खाने गर्दछ ।

यो जडिबुटीबाट होम्योपैथीक कम्पनीले औषधि बनाएर बजारमा ल्याएको छ । बच्चाहरूलाई हुने (Whooping Cough) मा यो औषधिले राम्रो फाइदा गर्दछ । यो औषधिको साहेताबाट यस्ता रोगमा राम्रो काम गर्दछ । यस्ता रोग भएकाहरूले होम्योपैथीक फार्मेसिबाट यस्ता औषधि खरिद गरेर आफ्नो बिरामीलाई दिन सक्नु हुन्छ ।

मात्रा : एक मिली थोरै सफा पानीमा राखेर दिनमा ३ पटक दिन सक्नुहुन्छ । औषधि होम्योपैथीक डाक्टरको परामर्शमा दिनाले राम्रो हुनेछ ।

Droseraयो पनि पढनुहोस्

कोरोना भाइरसको बारेमा रोचक जानकारी

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !