७ बैशाख २०८१, शुक्रबार

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु


पलाश
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु ! आज मैले यस्तो रहस्य खोल्दैछु जसको प्रयोगले मानिस गायब हुन सक्छन् । यस्ता कुरा सुन्दा अचम्म लाग्न सक्छ । यो कुरामा मलाई पनि विश्वास लाग्दैन थियो । हाम्रो गाउघरमा जादुगर त देख्नु भएको छ । सानो बच्चालाई टोकरीभित्र राखेर गायब गर्दछन् । गायब गराउने मन्त्र नभई यही जडिबुटीको चमत्कार पो रहेछ ।

मैले यो रहस्य जान्नको लागि जादुगरलाई एक्लै भेटर जानकारी प्राप्त गरेको थिए । बास्तबमा नेपालमा यस्ता अजब गजबका जडिबुटी रहेछन् । यस्ता जडिबुटी पहाडी इलाकामा प्राप्त गर्न सकिन्छ । आजको लेखमा यो जस्ता अन्य जडिबुटीको बारेमा पनि जानकारी पस्कनेछु ।

हाम्रो पहाडमा पाइने पलाश यसलाई ढाक पनि भन्दछन् । यो ३ प्रकारको हुन्छ । पलाश एउटा सेतो फुल्ने खालको अर्को पहेलो फुल फुल्ने तेस्रोमा रातो नारंगी फूल फूल्ने गरेको हुन्छ । त्यस मध्येबाट सेतो फूल्ने सेतो पलाशको फूलको गाठो मुखमा राख्नाले मानिस केहि क्षणको लागि गायब हुने गर्दछ। यो लेख तयार गर्दासम्म यो जडिबुटी मैले प्राप्त गर्न सकेको छैन ।

हाम्रो पहाडमा यो जडिबुटी प्राप्त गर्न सकिनेछ । तर सेतो फुल फुल्ने खालको जडिबुटी नै हुनुपर्छ भनेको छ । पलाशका थुप्रै फाइदाहरू यहाँ दिन गइरहेको छु । पाठक साथीहरू सेतो फुल्ने पलाशको गुटिका प्राप्त गर्नु भएको भए ९८५७०४०२९८ मा सम्पर्क राख्नु होला यसको प्रयोग गर्ने तरिका म भन्नेछु ।

यस्ता छन् तिनै प्रकारका पलाशका चमत्कारिक गुणहरु

१. सेतो पलाशको पात घरमा राख्नाले मात्र धनधान्यको वृद्धि हुन्छ भनेको छ ।

२. पलाशको फूलको प्रयोग होलीको रंग बनाउन प्रयोग गरिन्छ ।

३. पलाशको फुलको प्रयोग छाला सम्बन्धित रोगमा पनि प्रयोग हुन्छ ।

४. पलाशको जरा फल फुल र पात सवैको औषधि बन्दछ ।

५. पलाशको पुष्प गर्भवतीलाई पिसेर दूधको साथमा खान दिनाले बलियो सन्तान जन्मन्छ ।

६. सेतो पलासको फूल, चादीबाट बनाएको गणेशको प्रतिमा र चादिको तारले बानेको एकाक्षी नारियललाई अभिमंत्रित गरेर पैसा राख्ने तिजोरीमा राख्नाले कहिलै धन पैसाको अभाव हुदैन ।

पलाशको फूल

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !