१२ बैशाख २०८१, बुधबार

अश्वगन्धा र यसका फाइदाहरु


अश्वगन्धा

आयुर्वेदमा अश्वगन्धालाई प्रमुख औषधिको रूपमा लिइएको छ । यो सोलेनेसी कुलको बिरूवा हो । अश्वगन्धाका ३००० प्रकारका जात पाइन्छ । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ । यो जडिबुटीबाट थुप्रै आयुर्वेदिक कम्पनीले क्याप्सुल र पाउडरको रूपमा बनायर बजारमा ल्याएको छ ।

अश्वगन्धाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को थरीले यो औषधि सेवन गर्नाले घोडा जस्तो बलियो हुने हुनाले अश्वगन्धा हुन गएको भन्ने भनाई छ । चाहे जे होस् आयुर्वेदिकमा यसलाई प्रमुख भिटामिनको रूपमा लिएको पाइन्छ ।

यो औषधि नेपालमा बढी उत्पादन गरेर राम्रो डलर भित्राउने प्रशस्त सम्भावना देखिन्छ । भारतले विगद लामो समयदेखि यसको उत्पादन गरेर देश विदेशमा पठाएको छ । कम लागतमा उत्पादन गरेर हरेक नेपालीलाई परनिर्भरबाट बचाउन सकिने देखिन्छ । आजको लेखमा मैले अश्वगन्धाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछु ।

अश्वगन्धाको प्रयोग यसरी गर्न सकिन्छ

१. पुरूषको लागि शुक्राणुको कमी हुनुलाई ठूलो समस्याको रूपमा लिन सकिन्छ । यसको प्रयोगले शुक्राणु बढाउने काम गर्दछ । यो औषधि दूधसंग एउटा ठूलो चमच दिनमा २ पटक खानु पर्दछ ।

२. दम र खोकीमा पनि यो औषधिले राम्रो फाइदा पर्दछ । अश्वगन्धाको चूर्णलाई हल्का मनतातो दूधसंग दिनमा २ पटक खान दिनाले दम र खोकी ठिक हुन्छ ।

३. स्वयत प्रदर सेतो पानी बग्ने समस्या भएका महिलाहरूलाई यो औषधिको सेवन गराउनाले राम्रो फाइदा गर्दछ । स्वयत प्रदरमा अशोग्धाको चूर्ण २ ग्राममा १/२ ग्राम जति वंशलोचन मिस्रण गरेर दूधसंग दिनमा २ पटक खान दिनु राम्रो फाइदा गर्दछ ।

४. अल्प विकसित स्तनलाई समेत यसको सेवनले स्तन बढाउन ठूलो मद्दत गर्छ । स्तन बढाउन इच्छा भएमा शतावरी चूर्णसंग मिलाएर दिनमा २ पटक दिने ।

५. महिलाहरूको प्रजनन क्षमतालाई समेत अश्वगन्धाले राम्रो फाइदा गराउदछ ।

नोट : यो औषधि जडिबुटी बेच्नेहरूसंग खरिद गर्न सकिन्छ । आजकाल यो औषधि हर्बल कम्पनीले क्यापसुलमा बनाएर पठाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !