७ बैशाख २०८१, शुक्रबार

सर्पले टोकेको ठिक पार्ने औषधि यो हो जडिबुटी


गोमा झार बुटी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गोमा झार बुटीको विषयमा भन्नुपर्दा जस्तोसुकै सर्पले टोकेपनि यो औषधिले निको भएका अनेकौं घटना छन् त्यसमध्ये कै एउटा घटना म अघि बताउने छु । सबभन्दा पहिले यो झारको विषयमा जान्ने प्रयत्न गरौं ।

यो बुटी हाम्रो नेपालमा प्रशस्त पाइन्छ भन्ने कुरा सुन्नमा र देख्नमा आएको छ । यस्ता बुटि देखिएमा जनहितमा प्रयोग गर्न सकिन्छ । यो बुटि तोरी फुल्ने बेलामा खेतमा प्रसस्त हुने कुरा उल्लेख गरेको छ । सर्पले टोकेको थाहा हुना साथ गोमाझारलाई टिपेर ल्याउनुहोस् र नसके र सर्पले टोकेको व्यक्ति यदि बेहोस छषभने नाकमा २ थोपा राख्ना साथ काम गर्दछ ।

गोमा बुटीबारे आफ्नो अनुभव यसरी व्यक्त गरेका छन् Gooma is Purely herb. I have not been able to ascertain its English equivalent. A girl about fourteen years of age was brought to me at night in a comatosed condition,the relatives stating that she hed been bitten by a snake about 15 minutes before.

I saw her and she had six fainting fits.Not having any reliable remedy at hand.I obtained some leaves of the Gooma plant and after extracting the juice and blown in her nostrils.

The effect was instantaneous.The girl set up as she had never been out of the her senses.To make sure that the snake was poisonous one.I examined her foot and found two puncture in the skin.

I was told about this plant some years ago by an old Faqir.

यो जडिबुटीसंग अंग्रेजी द्रव्यको तुलना गर्नु व्यर्थ छ । एक पटक रातीको समएमा एकजना १४ बर्षको केटीलाई खराब हालतमा म कहाँ ल्याइएको थियो । उस्का परिवारका सदस्यले भनेकी उनलाई १५ मिनट पहिले सर्पले डसेको थियो । यही सोधाईको क्रममा उनी करिब ६ पटक बेहोस् भइसकेकी थिइन ।

त्यो समयमा मेरो पासमा कुनै विश्वस्त औषधि थिएन र मैले गुमाको एउटा बोट उखालेर त्यसको पात मिचेर रस निकालेर उसको सबै नाकमा राखी दियौं । थोपा राख्नासाथ तुरुन्त असर देखियो उतिबेला उठेर नदिन पछि मुर्छा परिनन् ।

यस प्रकारले सयकडौं विरामी यो औषधिको साहेताले निको भएका थिए । हामीले हमेसा जडिबुटीलाई महत्व दिनुपर्छ । हाम्रो नेपालमा यस्ता औषधि थुप्रै छन् तर प्रयोग गर्न सके समएमा मानिसको ज्यान बचाउन सकिने थियो । आज भारतमा यही औषधिको साहेताबाट थुप्रै सर्पले टोकेको उपचार भइरहेको छ ।

नोट : मेरो उद्धेश्य केवल जानकारी पस्कनु हो यस्ता औषधिमाथि अनुसन्धान गरेर औषधि निर्माण गर्न सके लोककल्याण हुने देखिन्छ । जडिबुटीको खानी भएको देशमा कसैको ध्यान नपुग्नु दु:खद हो भन्ने मलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !