, जडिबुटीबाट नेपालको आर्थिक स्तरमा सुधार गर्न सकिने प्रशस्त सम्भावना

जडिबुटीबाट नेपालको आर्थिक स्तरमा सुधार गर्न सकिने प्रशस्त सम्भावना

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

नेपाल जडिबुडिको अपार प्राकृतिक स्रोत साधनहरुको देश भनेर चिनिन्छ । जडिबुटी विशेष गरेर हिमाली ,पहाडी र तराई क्षेत्रमा जडिबुटी तथा विभिन्न बनस्पति पैदावरको प्रचुर संम्भावना निरन्तर रहि आएको छ ।

यसको समुचित तथा सहि ढंगले सहि तरिकाले संरक्षण कोष सदुपयोग गरी स्थानिय जनताको जीबनस्तर सुधार गर्न सकिन्छ । देशमा छरिएर रहेका विभिन्न औषधीयुक्त एंव सुगन्धित जडिबुटीहरु संकलन गर्न सकिन्छ ।

जसमा स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन सकिन्छ । विदेशी वजारमा पठाउन सके बैदेशीक मुद्रा आर्जन रोजगारी सिर्जना र राजस्वमा ठूलो वृद्धि हुने देखिन्छ । नेपालमा उपलब्ध हुने जडिबुटीहरुलाई समुचित रुपमा संकलन गर्ने र व्यावसायिक दृष्टिले उपयोगी हुन सक्ने र जडिबुटी उत्पादनतर्फ कृषकलाई प्रोत्साहन दिई बाँझो जमिनमा जडिबुटी उत्पादन गरेर मनग्गे पैसा भित्राउन सकिन्छ ।

“हरियो वन नेपालको धन” भने झै जंगल भित्र पहिचान पाएका तथा पहिचान पाउन बाँकी रहेका जडिबुटीहरुलाई प्राथमिकता दिइराख्न सके ठूलो उपलब्धि हुने छ । वनस्पति औषधीजन्य जडिबुटीले केहि पहिचान पाइसकेको अवस्था छ । तीमध्ये थुप्रै थरिका जडिबुटीहरूको विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा र परिचर्चाको विषय बनेको छ ।

नेपालका प्रमुख प्राकृतिक संम्पदाहरुमध्ये जलस्रोत र जडिबुटीहरु गणना गरिएको छ । मुलुकमा ७०० प्रजातिका जडिबुटीहरुको पहिचान भएको छ । नेपालमा बार्षिक ८० हजार टन भन्दा बढी जडिबुटी उत्पादन हुने गर्छ भने त्यसको ९० प्रतिशत जडिबुटी निर्यात हुदै आइरहेको छ ।

जडिबुटीका मुख्य बजार भनेका चीन र भारत र त्यसमध्ये ७० प्रतिशत उत्पादन चीनमा निर्यात हुदै आइरहेको छ । तर भारतीय बजारमा प्रशोधित जडिबुटीहरुको माग आइरहेको छ । नेपाल जडिबुटी नै जडिबुटीको देश हो । यसलाई समुचित रुपमा संकलन र स्थानिय रुपमै प्रशोधन भई राखेको छ ।

गरीब तथा निम्न आय भएका यस पेशा र जडिबुटी व्यबसायमा आश्रित जनतालाई लाभ पुर्याउन सकिन्छ । नेपाल एक सुन्दर र प्राकृतिकले सुन्दरता र भरिपुर्ण देश भएकाले नेपालमा धेरै प्रजातिका जडिबुटीहरु पाइन्छन् । नेपालीहरूले जडिबुटीको प्रयोग गरेर विरामी निको बनाउन सफल भएको देखिन्छ ।

गाउँघरमा धेरै बर्ष अगाडि देखि जडिबुटीको उपचार चलि आएको कुरा हो तर जडिबुटीको परिचयात्मक प्रचलन भने तीन सय बर्ष अगाडि मल्लकालमा भएको थियो मल्ल राजा जयप्रताप मल्लले बैद्यखानाको स्थपना गरी नेपालमा विद्यमान जडिबुटीबाट आयुर्वेदिक औषधीको निमार्ण कार्य थालनी भएको थियो ।

जडिबुटीको क्षेत्र सीमित जस्तो देखिएतापनि यसको प्रयोग भने व्यापक रूपमा चलि आइरहेको छ । नेपालको क्षेत्रफल सानो भएतापनी भौगोलिक जैविक विविधता र हावापानीले प्राकृतिक संम्पदा भरिपूर्ण देखिन्छ । जलश्रोत पछिको ठूलो श्रोत जडिबुटीको हो । जडिबुटीको माध्यमबाट बैदेशिक मुद्रा आर्जन समेत भइराखेको छ तर यसलाई सहि ढंगलले प्रयोग नगरेर मात्र देशमा परनिर्भर भएर बाच्नु परेको अबस्था रहि आएको छ ।

अहिले जडिबुटी हिमाली तथा पहाडि भेगका अधिकांश जनताको रोजिरोटीको माध्यमको रुपमा परम्परादेखि चल्दै आइरहेको छ । यदि हामी सवै नेपालीले गर्ने हो भने नेपाल र नेपाली जनता अवश्यपनी नयाँ सकारात्मक बाटोतर्फ हिड्ने छन् भन्ने हामीलाई लागेको छ ।

जर्मनमा विगद लामो समयदेखि आयुर्वेदिक जडिबुटीबाट मदर टिङ्गचर उत्पादन गरी विश्व सामु पुर्याउन सकिन्छ । अमेरिकाले जडिबुटी रिसर्च गरेर आफ्नो देशका नागिरिकको लागि मात्र नभई औषधि बनाएर विश्व बजारमा ल्याउन सफल भएको छ । जडिबुटी औषधि बनाएर भारत धेरै अगाडि बढिसकेको छ ।

प्रमप्रा चिकित्सामा आधारित वैकल्पिक चिकित्साको विकास दुर्त गतिमा अघि बढाएको देखिन्छ । तर विडम्बना नेपाललाई जडिबुटीको खानीको रूपमा हेरिएता पनि नेपालमा यसको समुचित विकासमा जोड दिन सकिरहेको छैन । विश्वको आँखा नेपाली जडिबुटीमाथि देखिन्छ । नेपाली गाजाकै कुरा गर्ने हो भने सवैभन्दा उत्कृष्ट गाजा नेपाली मानिएको छ ।

विकास चाहेर हुने होइन काँहा केको आवश्यक छ । आवश्यता पूर्ति गर्न के गर्नुपर्छ यस्ता विषयमा ध्यान दिएर अघि बढ्न सके नेपालले फड्को मार्ने थियो तर यहाँ सवै उल्टो गतिमा चल्दैछ । राज्यको ढुकुटीबाट उद्योग खोल्न केको आपति नेतृत्वलाई घरको सम्पत्ती नै रितिएला जस्तो गरि रोक्नुपर्ने वेथिति देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।