६ बैशाख २०८१, बिहिबार

जिन्सेङबारे रोचक जानकारी


जिन्सेङ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यो जिन्सेङ तीन थरीको हुन्छ । ईन्साम, सानसाम र जाङनेसाम गरी यो तीन थरीको जिन्सेङ कोरियामा पाइन्छ । यो यति प्रख्यात छ कि बालबालिका युवायुवतीदेखि बुढाबुढी सम्मले दैनिक चियाको रुपमा पिउने गर्छन ।

कोरियनहरू हेर्दा भरखरका जस्ता देखिनुको रहस्य खोज्दै जाँदा यो चिया भेटिएको छ । उनीहरु प्राय; यो चिया बढी सेवन गर्ने गर्छन । तातोपानीमा डुवाए पछिको खैरो टर्रो झोल नै ईन्साम रहेछ । प्राय; सवै पेय पदार्थमा यसको मात्रा मिलाइदो रहेछ ।

यो बहुमुल्य जडिबुटी सवै श्रृगारका सामाग्री, नुहाउने सेम्फु साबुनमा समेत निश्चित मात्रा मिलाइदो रहेछन् । यति महँगो छ कि एउटा सानो जरालाई अर्थात नेपाली एक हजार पर्दो रहेछ । यो जडिबुटी हाम्रो देशमा पनि भएको केहिको दावी छ ।

जिन्सेङ १ हजार मिटरदेखि २ हजार मिटर उचाईसम्मका नेपालका मध्य पहाड र हिमालतिरको जंगलका खोल्साहरुमा प्रशस्तै पाईन्छ भनेर स्थानीय बुढापाका बतॉउँछन । यो बहुमुल्य जडिबुटी मधुमेहका बिरामि,यौन क्षमता बढाउन,छालाको सुन्दरता बढाउन राम्रो भुमिका खेल्दछ ।

यसका अन्य फालदाहरू फेस चाउरी पर्न नदिन, रक्तचाप नियन्त्रण गर्न, महिलाको महिनावारी नियमित गर्न कपालको सुन्दरता बढाउन, शरिरको तौल घट्न नदिन र क्यान्सर समेतको उपचारमा अति उत्तम रहेको जानाकारी बेच्न राखिएको प्याकेटमा स्पष्ट देख्न सकिन्छ ।

हामी नेपाली धेरै पछौटे भयौं यो दु:खद हो । हाम्रो देशमा पाइने यस्ता चमत्कारयुक्त औषधि प्रयोग गरेर लाखौं होइन करोडौंमा खेल्न सक्छौं भने यस्ता जडिबुटी प्रयोग गरेर आयुलाई बढाउन सक्छौं । हामीले यसको व्यवसायीक खेती गरेर मनगे कमाउन र आफ्नो स्वास्य सवल बनाउन पनि सक्नेछौं ।

नेपालका जंगलमा फालाफाल पाईने बहुमुल्य जडिबुटिको कुनै सदुपयोग गर्न सकिएको छैन तर मित्रराष्ट्र कोरिया यसको सदुपयोग र व्यवसायिक खेती गरेर मालामाल भएको छ । हाम्रो देशको सामाजिक आर्थिक बिकासमा पनि टेवा मिल्ने र नागरिकको अनुहारमा पनि चमक ल्याउने यो जडिबुटीको खोज र अनुसन्धानको साथै व्यवसायिक उत्पादनमा ढिलो गर्नु हुदैन ।

यसको बारेमा खोज अनुसन्धान गरेर वास्तविक अवस्था उजागर गर्न नेपाल सरकार, बनस्पति बिभाग सरकारी तथा गैरसरकारी संघ संस्था, जडिबुटी सम्वन्धित रुचि भएका आम नेपाली दाजुभाई दाजुभाई दिदीबहिनीहरुलाई बिनम्रता पुर्वक अनुरोध गर्दछु । भविष्य हाम्रो हातमा छ हामी कहिलेसम्म अरूको आसामा बाच्ने बुझ्नुपर्ने भएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !