८ बैशाख २०८१, शनिबार

आयुर्वेदको अर्थ र इतिहास


आयुर्वेद
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ । शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ । वेद शब्द ‘विद’ धातुबाट प्रत्ययको योगले बन्दछ, जसको अर्थ ‘ज्ञान’ हो । यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ ‘आयुको ज्ञान’।

जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयु सम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ ।

आयुर्वेदको इतिहास

आयुर्वेदको रचनाकाल ईस पूर्व ३,००० देखि ५०,००० वर्ष पहले भएको मानिन्छ । ब्रह्मा आयुर्वेद ज्ञानका मुख्य स्रोत हुन् । ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई दिए। प्रजापतिले आयुर्वेदको ज्ञान अश्वनी कुमारहरुलाई प्रदान गरे र अश्वनी कुमारहरुले भगवान इन्द्रलाई ।

भगवान इन्द्रले यो ज्ञान क-कसलाई प्रदान गरे भन्ने बारे विभिन्न मतहरु रहेका छन । चरक संहिता अनुसार अश्वनी कुमारहरुले आयुर्वेदको ज्ञान भगवान इन्द्र, भारद्वाज र आत्रेयलाई प्रदान गरे ।

अत्रेयले आयुर्वेदको विधा आफ्ना ६ शिष्यहरुलाई दिए । उनीहरु थिए – अग्निभेष, भेल, अतुकर्ण, परासर, हारित र क्षारपाणी । सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदकोू ज्ञान धनवन्तरीलाई प्रदान गरे ।

धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पौषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे। कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो ।

चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रुपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रुपमा परिभाषित गरेका छन। आयुर्वेद लाई समए साक्षेप प्रयोग गर्न सके रोगलाई जरैबाट फाल्न सक्छ ।

नेपाल आयुर्वेदको उत्पति भुमि भन्दा खासै फरक छैन । यहाँका जडिबुटी अनौठा खालका छन् जसको प्रयोगबाट रोगलाई जडैबाट फाल्न सकिन्छ । यस्ता औषधि चलायर फाइदा उठाउन हामी पछि पर्नु हुदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !