७ बैशाख २०८१, शुक्रबार

अल्ट्रासाउण्ड र यसको विशेषताहरु


अल्ट्रासाउण्ड
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अल्ट्रासाउण्ड भिडियो एक्स-रे ले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ । यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ । यसको सबैभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ । पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो ।

पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ । कलेजोमा समस्या छ, किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउण्ड नै गरिन्छ । पेटको कुनै अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ ।

पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलव्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्ट लगायतका अंगहरू पेटको अल्ट्रासाउण्ड मार्फत गर्न सकिन्छ । थाइराइडको परीक्षण, छातीको परीक्षणमा समेत यसको प्रयोग गरिन्छ । रक्त-नशाको समस्या आएमा पनि अल्ट्रासाउण्ड मार्फत पत्ता लगाउन सकिन्छ ।

यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसमा ‘रेडीयशन’ हुँदैन । जसले मानिसलाई हानी गर्दैन । अहिलेसम्म यसको डरलाग्दो साइडइफेक्ट पनि केही देखिएको छैन । यो बच्चादेखि बालबालिकासम्मलाई प्रयोग गर्न सकिन्छ ।

यसको मुख्य विशेषता भनेको यसले बिरामीलाई कुनै हानी गर्दैन । यो सस्तो र सुलभ हुन्छ । पेटको समस्या भएको बेलामा त यो अनिवार्य जस्तै भइसकेको छ । यसको अरू भन्दा राम्रो पक्ष भनेको यसले अरूले भन्दा सजिलैसँग रोग पत्ता लगाउँछ । पानीको फोका होकी रगत जमेको छ भने अरू माध्यमबाट पत्ता लगाउन कठिन हुन्छ भने अल्ट्रासाउण्डबाट सजिलै पत्ता लाग्छ ।

अल्ट्रासाउण्ड थरी-थरीका हुन्छन् । बढी मात्रामा पेटको नै अल्ट्रासाउण्ड गर्ने गरिन्छ । यसको लागि कम्तीमा ६ घण्टा खाली पेट राख्नुपर्छ । पिसाब पनि रोक्नुपर्ने हुन्छ । यो पुरूषका लागि भन्दा पनि महिलाका लागि बढी जरुरी छ । पिसाब रोक्यो भने पाठेघरको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !