१३ बैशाख २०८१, बिहिबार

डा. केसीले थाले १३औंपटकको अनशन, यस्ता छन् माग


असोज २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले १३औंपटकको आमरण अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै आएका डा. केसी शिक्षण अस्पताल परिसरमै अनशनमा बसेका हुन् ।

अनशनमा बस्नुअघि बिहीबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवदेनलाई तोडमोड गरी चिकित्सा शिक्षा ऐन पारित गर्न लागेको र ११औंपटकको अनशनमा गरिएको सम्झौता तोडमोड गरेकाले फेरि अनशन बस्नुपरेको बताए ।

उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनमुखी र विद्यार्थीमुखी नभइ माफियामुखी ऐन जारी गर्ने प्रयास भइरहेको बताए । उनले स्वास्थ्य शिक्षासम्बन्धी उच्च मापदन्ड बनाउनु पर्ने, सरकारले तोकेकोभन्दा १० लाख रुपैयाँ बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णयलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, एमबीबीएसका लागि सरकारले तोकेको काठमाडौंभित्र ३५ लाख ५० हजार र काठमाडौंबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लागू गर्नुपर्ने माग पनि उनको रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन गराउन सुुरु गर्नेगरी बजेट विनियोजन गर्नुपर्ने, डोटी, डडेल्धुरा, धनुषा, महोत्तरी उदयपुर, पाँचथर तेह्रथुमजस्ता स्थानमा तत्काल सरकारी मेडिकल कलेज खोल्नुपर्ने र बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारबाही गर्नुपर्ने माग पनि डा. केसीका रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !