७ बैशाख २०८१, शुक्रबार

यसरी गरौ मधुमेहको सफल उपचार


Diabetes
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ब्लड शुगर आज नेपालमा माहामारीको रूपमा फैलिएको छ । यस्तो हुनुको प्रमुख कारण खानपिनलाई प्रमुख मानेका छौं । शरीरमा ब्लड शुगर लेबल ठिक भएमा मधुमेह, किड्नी र हार्टको समस्याबाट आफुलाई बचाउन सकिनेछ ।

हाम्रो शरीरमा ब्लड शुगर कम गराउन एउटा हर्मोन हुन्छ जसलाई इन्सुलिन भन्दछन् । बढेको ब्लड शुगर घटाउन इन्सुलिनको प्रयोग गराइन्छ । आजको लेखमा हामीले ब्लड शुगर कसरी कम गराउन के खाने भन्ने कुरामा प्रकाश पार्ने जमर्को गर्दैछु ।

शुगर लेवल कम गराउन कस्ता खाना खाने जानौं

१. खाना हमेसा हल्का र चाडो पच्ने खालको हुनुपर्छ । साग सब्जी, फलफूलको सेवन बढी गर्नुपर्छ । यसरी सेवन गरेमा शुगर लेबल कम हुनुको साथै स्वास्थ्य लाभ हुनेछ ।

२. प्रोटीनयुक्त पदार्थको सेवन गर्नाले अतिरिक्त खानाबाट आफुलाई बचाउन सकिनेछ ।

३. नास्ता अनिवार्य गर्नुस र नास्तामा प्रोटिनयुक्त खाना अनिवार्य समावेश गर्नुस । यसले शरीर कमजोर हुनबाट बचाउनेछ ।

४. चिनीको मात्रा र रिफाइंड कार्बोहाइड्रेटबाट सकेसम्म टाढा रहनुपर्छ । यी दुबै शुगर लेबल बढाउन सक्छ । रिफाइंड कार्बोहाइड्रेटटले चाडो पच्ने हुनाले यसले सुगर बढाउन सक्छ ।

५. आर्टिफिशल स्वीटले पनि सुगर लेवल बढाउन सक्छ । यस्ता बस्तुबाट सकेसम्म बच्नु नै राम्रो हुनेछ ।

ब्लड सुगरको उपचार यसरी गरौं

१. करेला जामुन सिरप ३० मिली दिनमा २ पटक पानी मिलाएर वा त्यसै सेवन गर्न सक्नु हुन्छ ।

२. करेला ल्याउनु होस मिक्चरमा राखेर चलाउनुहोस् र रस निकालेर ४,५ चमच दैनिक खानुस सुगर लेबल कम हुन थाल्दछ ।

३. जामुनको फल ल्याउनुहोस् र छायामा सुकाएर राख्नुहोस् । आवश्यकताको समयमा यसको चुर्ण दिनमा २ पटक १,२ चमच करेलाको रसमा मिलाएर सेवन गर्नुहोस् ।

४. आँकको पात उल्टो पट्टीबाट पैताला साबुन पानीले धोएर राती पैतालामा राख्नुहोस् र मोजा लगाउनुहोस् केहि दिनमा ग्लुकोज सुगर नर्मल हुदै जानेछ ।

५. डायबोनोल ड्रोप्स १०,१५ थोपा जति आधा गिलास पानीमा राखेर दिनमा ३ पटक खान सक्नुहुन्छ ।

नोट : आवश्यक जानकारी चाहिएमा यो ९८५७०४९२९८ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !