१३ बैशाख २०८१, बिहिबार

पत्थरी फाल्ने उपयोगी औषधिहरु


पत्थरी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गहत लगायत आयुर्वेदिक औषधि खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । आज हामीले गहत र अन्य औषधिबाट किड्नी स्टोनको उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्नेछौं । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा जडिबुटीबाट बनेका औषधि लगायत गहत पनि एक हो ।

पत्थरीको उपचार कसरी गर्न सकिन्छ भन्ने जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । कुनैपनि आयुर्वेदिक औषधिसंग गहत सेवन गराउनाले पत्थरी चाँडो फाल्ने काम गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

पत्थरीमा हुँदा के खाने ?

१. पत्थरी हुँदा गहत, खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गीलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीमा के नखाने ?

१. मासको दाल, मेवा, चक्लेट, माछा-मासु,चिया, भेण्टा ,टमाटर आदि खानु हुदैन ।

पत्थरीको उपचार ८,९ सम्मको Kidney Stone यो उपचारले फाल्दछ ।

१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा हलेदो हाल्नुहोस् १० एमएम सम्मको पत्थरी झार्दछ ।

२. स्टोनिल टेब्लेट १,२ टेब्लेट दिनमा ३ पटक पानीसंग खाने ।

३. स्टोनिल सिरप सिरप दिनमा ३ पटक १०.१५ मिली समभाग पानीमा राखेर खाने ।

४.Divitinex Capsule ३ पटक १,१ क्याप्सुल दिनमा ३ पटक खाने ।

५. पानी प्रशस्त पिउनु पर्नेछ ।

६.विहान १०,१५ मिनट उफ्रने गरेमा चाडो पत्थरी पिसावको माध्यमबाट झर्नेछ ।

नोट : यस्ता सामान्य औषधिको प्रयोगबाट पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । थप जानकारी चाहिएमा ९८५७०४०२९८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !