६ बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा खुल्दै छन् एचआइभी संक्रमित


असोज १, कपिलवस्तु । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको देखिएको छ । एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि उनीहरुको संख्या बढेको देखिएको हो । आर्थिक वर्ष २०७२/७४ मा १०३ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् ।

आव ०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेर अहिले भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका तथ्यांक सहायक राजन पहाडीले जानकारी दिए । खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित बढेका साथै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सन्चालन गरिन थालेपछि पनि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उनले बताए ।

जिल्लामा हाल ३५२ जनाले एआरटी औषधि लिइरहेको पहाडीले जानकारी दिए । भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको पहाडीको भनाइ छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !