१२ बैशाख २०८१, बुधबार

पोखरिया अस्पतालमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना


अस्पताल

वीरगञ्ज, १४ वैशाख । पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गर्नुभएको हो । पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरुलाई स्यानिटाइज (विसङ्क्रमित) गरेर अस्पतालभित्र प्रवेश गराउने उद्देश्यले सो बुथ स्थापना गरेको समाजसेवी सरावगीले बताउनुभयो । अस्पताल भवनको प्रवेशद्वारमा स्थापना गरिएको सो बुथबाट एक व्यक्ति २० सेकेन्डमा स्यानिटाइज (विसङ्क्रमित) हुने उहाँले बताउनुभयो ।

उक्त बुथको प्रदेशसभा सदस्य प्रह्लाद गिरीले शनिबार शुभारम्भ गरेर पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य गिरीले समाजसेवी सरावगीले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेता समानीले स्यानिटाइजर बुथले अस्पतालमा कोरोनाको सङ्क्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र समाजसेवीद्वय सरावगीको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !