८ बैशाख २०८१, शनिबार

जीटूजीबाट स्वास्थ्य सामग्री ल्याउन ५ देशलाई पत्राचार


परराष्ट्र मन्त्रालय

२६ चैत, काठमाडौं । नेपाल सरकारले जीटूजीबाट स्वास्थ्य सामग्री ल्याउन ५ देशलाई पत्राचार गरेको छ । कोरोना संक्रमणविरुद्धका स्वास्थ्य सामग्री किन्नका लागि चीन र भारत सहित ५ देशलाई पत्राचार गरेको छ ।

नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको हो ।

सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न लागेको छ । सबै दूतावास मार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !