११ बैशाख २०८१, मंगलबार

होशियार ! बच्चालाई निमोनिया हुनवाट जोगाऔ नत्र हुनसक्छ कोरोनाको संक्रमण


बच्चालाई निमोनिया कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होशियार ! बच्चालाई निमोनिया हुनवाट जोगाऔ नत्र हुनसक्छ कोरोनाको संक्रमण । निमोनिया बालबालिकाको मृत्युको प्रमुख कारण भन्दा खासै फरक छैन । यसले विश्वमा वार्षिक १६ लाख भन्दा बढी बालबालिकाको मृत्यु गराउँदछ । नेपालमा पनि बर्षनी करीव ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करीव ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

निमोनिया फोक्सोमा हुने संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने गर्छ । यसका कारण बच्चाले छिटो-छिटो सास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई शरीरबाट बाहिर निष्कासन गर्छ ।

यस्ता छन् निमोनिया हुनुका प्रमुख कारणहरु

१. स्टेप्टोकोकस निमोनिया– प्रमुख कारण

२. इमोफिलस इन्फ्लुएन्जा– बी दोस्रो कारण

३. श्वासनलीमा लाग्ने अन्य जीवाणु, कीटाणु र विषाणुहरू

४. एचआइभी संक्रमित अवस्थामा न्युमोसिस्टिस जिरोभेसी र कोरोना भाइरस प्रमुख कारक हुने गर्छ ।

यस्ता छन् निमोनियाका लक्षणहरू

१. शुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गएर छिटो-छिटो सास फेर्ने वा सास फेर्न गार्हो हुन्छ ।

२. ज्वरो आउँछ (१०२ फरेनहाइट भन्दा माथि) ।

३. कोखा हान्ने जस्ता लक्षण र चिह्नहरू देखा पर्दछन् ।

४. कडा निमोनिया भएमा बच्चा खान-पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ । कसै-कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ ।

निमोनियाको उपचार

१. निमोनियाको उपचार एन्टिबायोटिक औषधिबाट गर्न सकिन्छ । यसको औषधि घरैमा बसेर सेवन गर्न सकिन्छ । सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, समुदाय स्तरका स्वास्थ्य संस्था, स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्य संस्थाहरूबाट यसको उपचार गरिन्छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

पत्थरी फाल्ने अचूक घरेलु औषधी गहत

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !