४ बैशाख २०८१, मंगलबार

होशियार ! ज्वरोलाई सामान्य मान्दा हुन सक्छ मृत्युसम्म


ज्वरो
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होशियार ! ज्वरोलाई सामान्य मान्दा हुन सक्छ मृत्युसम्म ! सामान्य तापक्रम हुनु राम्रो हो तर लामो समय ज्वरोको उपचार भएन भने त्यस्ता व्यक्तिमा फिवर प्यारेक्सिन हुन थाल्दछ । जब हाइफिवर हुन थाल्छ त्यति बेला सटिक उपचार नभए मानिसको मृत्युसम्म हुनसक्छ ।

मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ । ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइट बीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसत भन्दा माथि जानुलाई नै हामीले ज्वरो भन्छौँ ।

पहिलो कुरा, कसैलाई ज्वरो आउँछ भने उसको शरीर अस्वस्थ भएको जनाउनु हो । समय, स्थान र वातावरण अनुसार शरीरको तापक्रम पनि फरक हुन्छ । दिनमा तापक्रम बढी हुन सक्छ भने बिहान र राति केही कम । तर, जेजस्तो भएपनि स्वस्थ मानिसमा औसत भन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।

मानिसको शरीरमा ज्वरो आउनु रोग प्रतिरोधक क्षमता कति छ भन्ने संकेत हो यदि ज्वरो आएको छ । आएको ज्वरोको सहि डायग्नोसिस हुन नसक्दा ज्वरो विग्रन थाल्दछ । हामीले खाने जतिपनि औषधि छ यसले केवल रोगलाई निर्मुल पार्न सक्दैन दबाउछ ।

जब ज्वरो आउछ त्यति बेला सहि उपचारको अभावमा मानिस मर्न सक्छ । विज्ञानले गरेका जतिपनि उपलब्धिलाई गहिरिएर अध्ययन गर्दा जब हाम्रो शरीरमा ब्याक्टेरिया संक्रमणबाट हुन्छ त्यतिबेला पनि उच्च ज्वरो आउन थाल्दछ । अन्य कारणहरूमा एन्फ्लुएन्जा, स्वाइन फ्लु, हेपाटाइटिस, बर्डफ्लु,डेंगु, इबोलाला, कोरोना भाइरस आदिमा पनि ज्वरोको लक्षण देखिएको हुन्छ ।

टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ । दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन थाल्दछ ।

मेरो व्यक्तिगत अनुसन्धानले देखाएको कुरा के छ भने मानिस चाहे भाइरल इन्फेक्सनले ज्वरो आएर होस् या ब्याक्टेरियल संक्रमणको कारणले होस् या अन्य सक्रमणले किन नहोस् उपचार सहि नहुदा प्राय मानिसको मृत्यु हुन पुगेको हुन्छ । एलोपैथिक उपचारमा हामीले बुझ्नुपर्ने सवैभन्दा महत्वपूर्ण पक्ष भनेको कुनैपनि भइरलको सटिक उपचार उपलब्ध नहुनाले मानिस मर्ने गरेको तथ्य देखिएको छ ।

हामीले बुझ्नुपर्ने अर्को महत्वपूर्ण पक्ष भनेको भाइरल औषधिको अभाव ? एलोपैथिकमा भाइरससंग रिलेटेड औषधि छैन तर आयुर्वेदमा छ तर यसलाई WHO ले मान्यता दिन सकेको देखिएन । यदि मान्यता दिन सक्छ भने मलाई लाग्छ नोबेल कोरोना भाइरसको उपचार आयुर्वेदमा छ ।

यो पनि पढनुहोस्

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !