८ बैशाख २०८१, शनिबार

लमजुङ सामुदायिक अस्पतालमा छैन सघन उपचार कक्ष


अस्पताल

लमजुङ, १७ चैत । गण्डकी प्रदेशअन्तर्गत लमजुङस्थित बेँसीशहर नगरपालिका ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सघन उपचार कक्ष छैन । अस्पतालमा आएका बिरामीमध्ये आइसियुमा बस्नुपर्ने अवस्थामा काठमाडौँ, पोखरा, चितवनलगायत विभिन्न स्थानमा सिफारिश गरिँदै आइएको छ ।

अस्पतालमा आइसियु नभएका कारण प्रत्येक महिना तीनचार जनाको रिफर हुँदै आएको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । आइसियु अस्पतालमा आवश्यक भए पनि हालसम्म कतै पहल नभएको र अस्पतालले पनि सञ्चालनमा नल्याएको उहाँको भनाइ छ ।

कोरोना महामारीका बेलामा अस्पतालमा आइसियुको आवश्यकता हुने भए पनि हालसम्म उक्त सुविधा हुन नसकेको अस्पतालले जनाएको छ । विगतमा संघीय सरकारबाट परिचालन भए पनि केही वर्षदेखि सो अस्पताल गण्डकी प्रदेश सरकारको मातहतमा रहँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !