२१ मंसिर २०८१, शुक्रबार

नवलपरासीको मध्येविन्दु नगरपालिकामा औषधि र खाद्यान्नको अभाव


मध्येविन्दु नगरपालिका

चैत्र १५, मध्येविन्दु । आज चैत १५ गते शनिवार नवलपरासी जिल्लाको सुस्ता पूर्व मध्येविन्दु नगरपालिकामा औषधिको अभाव हुन थालेको महसुस गरिएको छ । लकडाउनका कारण यो समस्या आएको अनुमान गरिएको छ । होलसेल पसलका अनुसार कुनैपनि साधनको अभावमा औषधि पठाउन नदिएको हालको अवस्थाले देखाएको छ ।

विस्तारै-विस्तारै औषधि लगायत खाद्यान्न तरकारी सवैको अभाव हुदै भोकमरीको चपेटामा पर्न सक्ने देखिएको छ । लकडाउनका कारण आवतजावतमा कडाई गर्नाले नोबेल कोरोना भाइरस सर्ने प्रक्रिया मन्दी हुदैछ ।

नेपालमा कोरोना भाइरसलाई छोटो समयमा फैलिन दिइएको छैन यो प्रशंशनीय छ । सवै सचेत भए विजय निश्चित छ । सफाई नै यो रोगको सटिक उपचार हो भन्ने सन्देश दिएको छ । रोग लागेर मर्नुभन्दा रोग नै नलाग्नु राम्रो भनेको छ ।

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने यो रोग लागेर कोहि मर्दैनन् तर समयमा खानु पाउनु पर्यो र उपचार गराउन पाउनुपर्छ भन्ने सन्देश बोकेको छ । सरकारले चालेको कदम सह्रानीय छ । औषधि खाद्यान्न जस्ता अत्यावश्यक बस्तु सरकारले पुर्ति गर्दै जनताको हकहितमा जुट्न सके भोली यो राष्ट्रको लागि जनताको सहयोग प्रयाप्त हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !