११ बैशाख २०८१, मंगलबार

चीन उड्यो नेपाल एयरलाइन्सको जहाज स्वास्थ्य सामाग्री ल्याउन


NAC

चैत १५,काठमाडौं । स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन उड्को छ । स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आरए ४१७१ त्रिभवन विमानस्थलवाट १२:३१ मा ग्वान्जाओका लागि उडेको छ ।

जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । चीन सरकारले दिने भनिएका १९ थरी स्वास्थ्य सामाग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओका लागि उडेको छ।

जहाज चार्टर्ड गरेर ३ दिनभित्र ल्याइँदै स्वास्थ्य सामग्री चीनबाट मेडिकल सामग्री ल्याउन जहाज पठाइँदै सहयोग सामग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान स्वास्थ्य मन्त्रालयले गरेको अर्डर अनुसारका १९ थरी स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन गएको हो।

नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल सरकारले चीन र भारत दुवै देशसँग स्वास्थ्य सामाग्री माग गरेको थियो। यस्तोमा चीनबाटै पहिले स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्ने भएको हो । नेपालले चीनसँग १९ थरी र भारतसँग १६ थरी स्वास्थ्य सामाग्री मागेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !