७ बैशाख २०८१, शुक्रबार

रोग प्रकृतिको वरदान होइन, यो त मानिसबाट आएको हो


रोग र मानिस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग प्रकृतिको वरदान होइन, यो त मानिसबाट आएको हो । विश्व जनमानसमा नोबेल कोरोना भाइरसलाई धेरै माथि उचालेको देखिएको छ । २० औं शताब्दीतिर एड्सलाई ठूलो रोग मानिएको थियो । एड्सपछि इबोला भाइरसले आतंक फैलाएको थियो । अहिले २१ औं शताब्दीपछी नोबेल कोरोना भाइरसले सवैभन्दा धेरै त्रास फैलाएको देखिन्छ रोग प्रकृतिको वरदान होइन, यो त मानिसबाट आएको हो

रोग लाग्नुको पछि सवैभन्दा ठूलो कुरा एउटा आफ्नै लापरबाहीलाई प्रमुख अस्त्रको रूपमा लिन सकिन्छ । जहाँ लापरबाही हुन्छ त्यहाँ मानिसलाई मानिसद्वारा नै खतरा भएको हुन्छ । हामीलाई प्रकृतिको भन्दा मानिसको डर बढी हुदैछ । मानिसले उत्पादन गरेका रोग अलि खतरनाक हुन्छन् ।

यदि मानिसलाई खतरा छ भने मान्छेद्वारा नै खतरा छ । रोगको नाम हुन्छ यसले के गर्छ भन्ने सवै थाहा हुन्छ तर कसले के नाम दिएर के उद्धेश्य पूर्ति गर्न रोग पैदा गराएको छ, यसको जानकारी भने गोप्य राखेको हुन्छ । अबको विश्व युद्ध हतियार नभई कुन रोगबाट कुन देशलाई आतंक फैलाउन सकिन्छ भन्नेतर्फ केहि सक्रिय हुन थालेको छ ।

प्रकृतिले दिएका रोगहरू पनि छन् यस्ता रोगका कारण पनि लापरबाहीबश भएका छन् । हामीले खाना खानुपुर्ब केवल सोच्न सक्नुपर्छ । के खाने, के नखाने के खानाले स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ भन्ने जानकारी भएमा यस्ता रोगको चपेटाबाट आफुलाई बचाउने  सम्भावना प्रशस्त छ ।

यदि मानिसलाई खतरा छ भने मान्छेद्वारा नै खतरा छ । रोग लाग्नुको पछि सवैभन्दा ठूलो कुरा एउटा आफ्नै लापरबाहीलाई प्रमुख अस्त्रको रूपमा लिन सकिन्छ । जहाँ लापरबाही हुन्छ त्यहाँ मानिसलाई मानिसद्वारा नै खतरा भएको हुन्छ । हामीलाई प्रकृतिको भन्दा मानिसको डर बढी हुदैछ ।

आज मानिस गलत गरेर हुन्छ या कसरी पैसा कमाउन सकिन्छ भन्नेतर्फ लागेको देखिएको छ । यहाँ धर्म छैन स्वार्थ छ । आखिर लगेर जाने त केही होइन तर पनि मानिस यो सोच्न सकेको छैन । यो कलियुगमा पापलाई धर्मको नाममा लुटतन्त्र सुरू गरेको पाइन्छ ।

मानिसले अर्को मानिस मार्ने अस्त्र हतियार हटाएर नोवेल कोरोना जस्ता रोग उत्पादन गरेर फाल्ने काम भएको देखिन थालेको छ । रामे, च्यामे जस्ता नाम राख्ने सवै मानिस थिए रोगको नाम राखेर प्रचार गर्ने पनि इनै मान्छे भएका छन् ।

आज क्यान्सर जस्ता रोग उत्पादन गर्नमा मानिसको देन देखिन थालेको छ । रोग नलागोस् भन्ने हो भने सतर्कता अपनाउनुहोस् । बजारमा राखेका खाना नखानुहोस् । तपाईको सवैभन्दा ठूलो शत्रु भनेको जिब्रो हो, यसलाई नियन्त्रण गर्न सक्नुभयो भने जीवनमा तपाईलाई कुनै पनि रोग लाग्ने छैन ।

बजारमा राखेका ९८% सामाग्री सुरक्षित छन् भन्ने ग्यारेन्टी छैन । खाना खानुपुर्व सोच्नुहोस् । यस्ता बस्तु खानाले भविष्यमा कतै खतरनाक रोग लाग्न सक्ने छ । अब समय आएको छ । जे खानपनि आफ्नै उत्पादन गरेर खान सके मात्र रोगको दलदलबाट आफुलाई बचाउन सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !