११ बैशाख २०८१, मंगलबार

जान्नुहोस नट्सबाट हुने फाइदा


nuts

जान्नुहोस नट्सबाट हुने फाइदा ! नेपालीहरुको भान्सामा प्राय दाल भात तरकारी र अचार तयार हुनेगर्दछ। बिहानको ब्रेक फास्ट लिनेहरुने चिया, दुध, पाउरोटी, अण्डा फलफुल आदि लिने गर्दछन र दिउसोको खाजामा चिया, मम: चाउमिन , तरकारी, रोटि आदि लिने गर्दछन। तर हामि मध्ये धेरैले हाम्रो शरीरलाई निरोगी र दिर्घायु बनाउने चिज नट्स( बदाम , काजु , पेस्ता, ओखर ) आदि भने कमै समाबेस गराउछौ। जानौ यी नट्स हरुको सेवनबाट हुने फाइदा ;

 हाडे बदाम

almond

प्रति दिन २ देखि ४ दाना हाडे बदाम खाएमा निम्न फाइदा हुन्छ ।

  • यसले रगतमा अल्फा टोकोफेरोलको मात्रा बढ्न जान्छ र रक्त छाप सन्तुलित हुन्छ।
  • यसमा भएको मोनोसेचुरेटेड फ्याटि अम्लले रगतमा कोलेस्टेरोल मात्रा बढ्न दिदैन र मुटुलाई स्वस्थ्य राक्दछ ।
  • बदाममा प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुनाले यसले छालालाइ स्वस्थ्य राख्नुको साथै उमेर पनि बढाउन सहयोग गर्दछ ।

 

ओखर

Walnuts

प्रति दिन १ वोटा वा आदि ओखर खाएमा निम्न फाइदा हुन्छ ।

  • यसमा omegha 3 – fatty acid हुने भएकोले यसले मस्तिस्कका कोषहरुलाई स्वस्थ्य राक्दछ ।
  • यसमा पप्रसस्त मात्रामा भिटामिन “ई” हुने भएकोले छाला र कपाल स्वस्थ्य राखी उमेर बढेपनि कम उमेरको देखिन्छ ।
  • यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।

 

अंजिर ( खनायो )

anjir

  • अंजिरमा प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट( Antioxidant) पाइने हुँदा शरीरमा क्यान्सर हुने खतरा बाट जोगाउछ ।
  • यसमा पाइने आइरनले एनिमिया बाट जोगाउछ ।
  • यसमा पाइने पेक्टिनले हाम्रो पेटको पाचन शक्ति बढाउछ ।
  • यसका साथसाथै काजु , बदाम र पेस्ताले उतिकै फाईदा पुर्याउने हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !