१२ बैशाख २०८१, बुधबार

संक्रमण नसार्न आइसोलेसन वार्डमा राख्न चीनमा रहेका नेपालीको माग


कोरोना भाइरस

माघ २०, काठमाडौं । कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवेइ प्रान्तको वुहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई आइसोलेसन (अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । चीनबाट उद्धार गरी नेपाल फर्किएपछि आफूमध्येबाट स्वदेशी नेपालीमा संक्रमण फैलन नदिन आइसोलेनसमा राख्ने व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।

नेपाल सरकारले त्यहाँ रहेका नेपाली फर्काउन फारम भराउने काम सुरु गरी आइतबारभित्र भरिसक्न जानकारी गराइसकेको छ । नेपाल फर्किएपछि आफूहरु परिवार वा अन्य नेपालीसँग सम्पर्कमा जाँदा संक्रमण फैलनसक्ने भएकाले आइसोलेसनको बन्दोवस्त हुनुपर्ने उनीहरुको माग हो । फर्काइएका सबै नेपालीलाई एकै ठाउँमा राख्न नहुने भनाइ पनि उनीहरुको छ । चीनबाट फर्काइएका मध्ये कोही संक्रमित भएमा उसबाट पनि नेपाल फर्काइएका अरु संक्रमित हुनसक्छन् ।

तत्काल परीक्षणको क्रममा लक्षण नदेखिए पनि पछि संक्रमित भएको देखिनसक्ने भएकाले यसप्रति विशेष सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाइ हो । भाइरस संक्रमित नदेखिएको अवस्थामै पनि भाइरस पसिसकेका व्यत्तिःबाट अरुलाई संक्रमण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनीहरु बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !