४ बैशाख २०८१, मंगलबार

स्वस्थ रहन व्यायाम नै गर्नुपर्छ भन्ने छैन काम गर्नु पनि व्यायाम हो


एक्सरसाइज
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज मैले नयाँ विषय लिएर उपस्थित भएको छु । यो लेख नितान्त भिन्न छ । हामीले खाना त खान्छौं तर आराम बढी गर्छौं भने खाना नपच्ने रोग हुन सक्छ पेट फुल्ने ग्यास बढ्ने हुनसक्छ । प्रकृतिले हामीलाई थुप्रै कुरा सिकाएको हुन्छ तर हामीले त्यति ध्यान दिएका हुदैनौं । खाना खादा चपाएर खानु पनि व्यायाम हो ।

एउटा निर्जीब रूखले पनि व्यायाम गरेको हुन्छ भन्दा कतिपयले नबुझ्नु होला । विशाल रूख मुनि गएर बसेर हेर्छौ भने रूख हल्लिएको हुन्छ । एउटा कुकुरलाई हेर्छौ भने खुट्टा तानेर हुन्छ या शरिर तानेर हुन्छ व्यायम गरेको हुन्छ भुकेर भएपनि उस्ले शरीरलाई काममा व्यस्त राखेको हुन्छ। हामीले काम नगरी खानु हुदैन यसले स्वास्थ्यमा नकरात्मक प्रभाव पारेको हुन्छ ।

जति हामी काम गर्दैनौं त्यति नै हाम्रो शरीर रोगको दलदलमा फसेको हुन्छ । काम गर्नुपनि व्यायाम हो सेक्स गर्नुपनि व्यायाम जस्तै हो । एक पटक सेक्स गर्दा एक किलोमिटर दौडे बराबर व्यायाम भएको हुन्छ । जति हाम्रो शरीरलाई आराम दिन्छौं त्यतिनै अल्छीपना बढ्न थाल्दछ । फाल्टु बस्ने केहि नगर्ने व्यक्ति नै लागु औषधको सिकार हुन्छ ।

केहि नगर्ने व्यक्ति नै बढी रोगी हुन्छ । उसले खाना त खान्छ तर खाएको खाना नपच्नाले अनेकौं रोगको सिकार हुन पुग्दछ । हामी जति मेहनत गर्छौं त्यति नै बढी खाना खान्छौं त्यतिनै स्फुर्ती हुन्छौं तर केही नगरी बस्छौं भने खाना कम खान्छौं यस्ले शरिरलाई आवश्यक क्यालोरी कम हुनाले रोगको शिकार हुन पुग्छौं ।

प्राकृतिक व्यायाम गर्दा हामीले थाकेको महसुस गर्दैनौ तर डाइरेट व्यायाम गर्दा हामीले बढी थाकेको महसुस गर्दछौं । तर खानामा पौष्टिक खाना कम खान्छौं भने यसले पनि शरीरलाई कमजोर बनाउन सक्छ । आजकाल व्यायम गर्नेहरु आफुलाई थाकेको महसुस गर्दछन् ।

मेरो भन्नुको अभिप्राय यो होकी हामीले अरूलाई देखाउन व्यायाम गर्ने होइन शारिरीक व्यायाम घरमै बसेर पनि गर्न सकिन्छ । स्वस्थ रहन काम गर्नुस् फाल्टु नबस्नुस यसले समयको सदुपयोग हुन्छ । खाना सकेसम्म चपाएर खानुस् बाहिर बजारको खाना सकेसम्म नखानुस । स्वस्थ जीवन भनेको स्वर्ग हो । स्वर्ग भनेको स्वस्थ र नर्ग भनेको रोगको दलदल हो ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !