१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीलाई शल्यक्रियाको असरबाट ठीक हुन अझै ६ सातासम्म लाग्ने


पुस १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरुपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको छ । ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चार देखि ६ सातासम्म लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ । ‘अब उनमा शल्यक्रियापछि देखिएका संक्रमण केही पनि छैन,’ अर्का एक चिकित्सकले भने ।

शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए । हाल प्रधानमन्त्री सक्रिय रुपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरुले औँल्याएका छन् । शल्यक्रियाको असरबाट सामान्य रुपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरु बताउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !