१२ बैशाख २०८१, बुधबार

रोग परीक्षणका लागि दैनिक एकहजार नमुना भारततर्फ


Health

पुस ९, काठमाडौं । विश्व बैंक र विश्व स्वास्थ्य संगठनले धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । त्यो प्रयोगशाला नचलेपछि क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारत जाने गरेको छ ।

इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन् स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ । तर यो प्रयोगशाला बन्द छ । नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ । आजको नयाँ पत्रिकामा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !