७ बैशाख २०८१, शुक्रबार

परीक्षाको समयमा विद्यार्थीहरुको लागी उपयोगी खाना


परीक्षाको समयमा विद्यार्थीहरुको लागो उपयोगी खाना! दैनिक जीवनमा हामीले खाने गरेको खानाको हामीलाई प्रत्यक्ष असर पर्दछ। हामीले खाने विविन्न प्रकारका खानामा भिन्दा भिन्दै प्रकारका रसायनहरु हुन्छन र ति  रसायनहरुको असर पनि भिन्दा भिन्दै हुन्छन।

विद्यार्थीहरुले परीक्षाको समयमा राम्रोसंग मिहनेत गर्न सक्ने हुन र पढेको कुरा सजिलै संग सम्झन सक्ने  हुनको लागि खानपानमा विशेस ध्यान दिनु पर्दाछ। यहाँ यस सम्बन्धमा केहि चर्चा गरिएको छ।
१.परीक्षाको दिनहरुमा फलाम र भिटामिन बी शरीरका लागि महत्त्वपूर्ण हुन्छन् जस्ले शारीरिक र मानसिक दुवै उर्जा प्रदान गर्छन। गेडागुडी,पालुङ्गो र रातो मासु फलामयुक्त खाना हुन। खाद्यपदार्थ जो भिटामिन बीयुक्त छन ती हुन: गहुँ,अन्डा,बदाम आदि
२.धेरै विद्यार्थीहरु वास्तविक खानाको विकल्पमा पूरक आहार जस्तै भिटामिन चक्की प्रयोग गर्ने गर्छन् जुन उपयोगी र स्वास्थ्यकर मानिदैन। उदाहरणका लागि सुन्तलामा भिटामिन सी मात्र होइन फाइबर, बिटा carotene र अन्य मिनेरल्स पनि पाईन्छ जसलाई एक भिटामिनको गोलीले प्रतिस्थापन गर्न सक्दैन। तपाईं अध्ययनका लागि पुस्तकालयमा जादै हुनुहुन्छ भने स्याउ, केरा, गाजर, जस्ता खानेकुराहरु साथमा लैजान सक्नुहुन्छ।
३.नियमित अंतरालमा उचित पोष्टीक खाना खानु पर्छ जसले तपाईंको शरीरमा ऊर्जा प्रदान गर्नुको साथै पोषक तत्व स्तर कायम राख्न मदत गर्नेछ र तपाईं अध्ययन समयमा थप ऊर्जा मिल्नेछ।
४.एकैपटकको ठूलो भोजनले तपाईंलाई सुस्त र निद्रा लागेको महसुस हुन्छ भने पटक पटक थोरै थोरै खानाले ताजा र ऊर्जावान रहन मद्दत पुर्याउछ।
५.कुनैपनी हालतमा नास्ता गर्न छोड्नु हुँदैन। तपाईंको नास्तामा केही प्रोटिन, क्याल्सियम र फाइबर समावेश गर्नुपर्छ। एउटा छिटो र स्वस्थ नास्ताका लागि अन्नसंग दूध एक कचौरा र एक टुक्रा फल समावेश गर्न सकिन्छ जुन छिटो र प्रभावकारी हुन्छ।
६.गाढा रङ र बढी पोषक तत्व भएको खानेकुरा खानुपर्छ।जस्तै पालुङ्गो, ब्रोकाउली, सखरखन्ड आदि

७. पढ़दै गर्दा बेला बेलामा सफा पानी पिउने गर्नु पर्दछ.यसले मस्तिस्कमा पानीको मात्रा सन्तुलन गर्दछ र धेरै समय आध्ययनमा तल्लिन रहन सकिन्छ।

८ .माम्सहारहरुले राम्रो खालको माछालाइ खानामा समावेस गराउन सकिन्छ. यसमा बह्येको omegha 3-s fatty acid ले मस्तिक्क सबल बनाउदछ ।

९. काजु, हाडे बदाम र ओखर थोरै मात्रामा दैनिक सेवन गरेमा पनि निकै लाभ हुन्छ।

१०. परीक्षाको दिन आफुसंगै पानी र  glucose D बोकेर जादा राम्रो हुन्छ. परीक्षा दिने क्रममा glucose D राखिएको पानी पीएमा त्यसले तत्काल शक्ति दिने हुँदा मस्तिस्क तुरुन्त ताजा हुन गइ पढेका कुराहरु सम्झन सजिलो हुन्छ र साथ साथै मेन्टल स्ट्रेस पनि घटेर जान्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !