१२ बैशाख २०८१, बुधबार

जान्नुहोस शरीरका १० भाग जहाँ दबाउंदा दुखाई कम हुन्छ


Acupressure-Points-On-The-Body-1

एक्युप्रेसर एउटा यस्तो पुरानो बिधि हो जसलाई अपनाइ शरीरको केहि बिन्दुमा हल्का दवाव दिंदा दुखाई कम हुने हुन्छ। यो विधि अपनाउदा कुनै औषधि प्रयोग गरिरहनु पर्दैन र औषधिको साइड इफेक्टको झमेला पनि रहदैन। एक्युप्रेसर सम्बन्धि अनुसन्धान गरेका विभिन्न बिद्वानहरुको भनाइ अनुसार हाम्रो शरीरमाका विभिन्न भागमा दबाउँदा धेरै प्रकारका दुखाईवाट राहत मिल्दछ। आउनुहोस जानौं त्यस्ता १० बिन्दु जहाँ दबाउँदा दुखाईबाट राहत पाइन्छ।

jaaining
१.जोईनिंग: यो भाग चोर औंला र बुढी औंला बीच को भाग हो। यहाँ चोर औंला र बुढी औंलाले दबाउदा गर्धन दुखाई, काँध दुखाई , थाइराइड्, र कब्जियतमा फाइदा हुन्छ।

P6
२.नाडी : यहाँ दवाउदा बेचैनी, इमोसनल हुने समस्या, बान्ता, पेटको दुखाई, टाउको दुखाई, छाति दुखाई र हातको दुखाइमा राहत् मिल्दछ।

GV 24.5
३.निधार : यहाँ दबाउँदा मानशिक शान्ति हुने, स्मरण शक्ति बढ्ने, थकानमा राहत, आँखाको दुखाई , अनिन्द्रामा फाईदा हुन्छ।

cv 17
४.छातीको बीच भाग : यस स्थानमा दवाउदा एन्जाइटि, नर्भसनेस, हिस्टेरिया र इमोसनल समस्यामा फाइदा हुन्छ।

b54
५.घुँडाको पछाडिको भाग : यस स्थानमा दवाउदा कम्मर र ढाड दुखाईमा राहत पुछ।

e
६.कम्मरको पछाडी : यहा दवाउदा महिलाहरुको महिनावारीको बेलाको दुखाई कम हुन्छ।

ear
७.कानको बिन्दु: कानको यो बिन्दुमा दवाउदा चुरोटको लत, डिप्रेसन, स्ट्रेस , अनिन्द्रा आदिमा उपयोगी हुन्छ।

b10
८.गर्दनको माथिल्लो भाग: यस स्थानमा प्रेस गर्नाले स्ट्रेस, गर्दनको दुखाई, थकान, अनिन्द्रा आदिमा आराम मिल्दछ।

feet
९.खुट्टाको औला नजिकको भाग: यहाँ दवाउदा टाउको दुखाई , आँखाको थकान आदिमा आराम मिल्दछ।

hand
१०.हातको बीच भागमा थिच्दा पेटको दुखाइमा आराम मिल्दछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !