७ बैशाख २०८१, शुक्रबार

आज विश्व मधुमेह दिवस: के बच्चालाई पनि हुन्छ मधुमेह ?


अहिले घर–घरको समस्या बनेको छ, मधुमेह । अक्सर हामी सोच्छौं, यो त वयस्क एवं बृद्धबृद्धाको रोग हो । तर, तपाईले कति हेक्का राख्नु भएको छ, बालबालिका पनि अहिले मधुमेहको जोखिममा पर्दैछन् । सामान्यत उमेर धेरै भएका मानिसलाई मात्रै मधुमेहको रोग लाग्छ भन्ने आमधारणा छ । तर, बच्चाहरु र किशोरकिशोरीलाई पनि मधुमेह लाग्ने क्रम बढ्न थालेको छ ।

भर्खर–भर्खरै मधुमेह रोग लागेको थाहा भएको बच्चाहरु र किशोरकिशोरीलाई आफ्नै भावनात्मक प्रतिक्रिया र अरुले उनीहरुमाथि गर्ने प्रतिक्रियाहरुबाट संर्घष गर्नुपरेको हुन सक्छ । र, उनीहरुलाई विद्यालय जान पनि मन नलाग्न सक्छ । त्यस्तै मधुमेह भएका किशोरकिशोरीहरुले साथीसँग यौन, मदिरा, धुमपान र विभिन्न लागुपदार्थको प्रयोगजस्ता कुरामा धेरै चिन्ता व्यक्त गर्न सक्छन् ।

कुनै बच्चा वा किशोरकिशोरीलाई मधुमेह भएको थाहा भएपछि त्यसको लागि समायोजन गर्न केहि सयम लाग्छ । उनीहरुलाई ब्लड ग्लुकोज रुटिन बनाउनुपर्ने हुन्छ, इन्जेक्टिङ गर्नुपर्ने हुन्छ र कसरी कार्वोहाइड्रेट काउन्ट गर्ने भन्ने कुरा बुझ्नपर्ने हुन्छ । त्यस्तै मधुमेहको स्वास्थकर्मीसँग नियमित भेट्नुपर्छ र तलमाथि भइराख्ने ब्लड ग्लुकोज लेभलसँग लड्नुपर्छ ।

जब बालबालिकालाई मधुमेहले गाँज्छः मधुमेह भएका बच्चाहरुको लागि प्रत्येक दिन संर्घषपूर्ण हुन्छ । मधुमेह भएका बच्चाहरु सामान्यतया यी कुरामा चिन्तित हुन्छन् । आमाबुबाहरुले यी कुरामा ख्याल गर्नुपर्छ । उनीहरुलाई परिवारले भारको रुपमा लिएको जस्तो सोच्ने गर्छन् । उनीहरु बिरामी भएको जस्तो हिसाबले व्यवहार गरिन्छ जसले उनीहरुलाई नराम्रो महसुस गर्छ ।

खानाको बारेमा बारम्बार सोधिने, स्वास्थ्य कस्तो छ, इन्सुलिन लिए कि लिएनन् भन्ने बारेमा सोधिने हुनाले दिक्क मान्न सक्छन् । परिवारबाट थप हेरचाह पाउने भएकाले अरु भाइबहिनीमा इष्र्याको भावना आउँछ । बच्चा वा ठूला सबैलाई डायबिटिजको कारणले सधै रिस उठ्ने, नराम्रो लाग्ने र दिक्क लाग्ने कुरा सामान्य हो । किनभने डायबिटिज लामो समयसम्म रहिरहने अवस्था हो त्यसैले यसको लागि जीवनभर व्यवस्थापन गर्नुपर्छ ।

यदि बच्चाहरु उनीहरुको डायबिटिज म्यानेजमेन्टको लागि सघर्ष गर्दैछन् भने उनीहरुल निराश भएको चिन्तित भएको हुन सक्छन् । उनीहरुलाई डायबिटिजको हेल्थ केयर टिमबाट सहयोगको आवश्यकता हुन सक्छ । सामाजिक कार्यकर्ता वा मनोवैज्ञानिकले पनि सहयोग गर्न सक्छ ।–एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !