६ बैशाख २०८१, बिहिबार

शीघ्र स्खलन कम गर्ने ७ तरिकाहरु


एजेन्सी, शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिक भन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ ।

शीघ्र स्खलनको समस्यालाई कम गर्न तरिकाहरु

हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्याेउने ।
आफ्नो यौन जोडीलाई खुशी पार्ने लोभले चिन्ता बढाउछ र यसले नै झन बढी समस्याकोसिर्जना गर्न पनि सक्छ । शीघ्र स्खलनको समस्यालाई कम गर्न सबैभन्दा पहिले चिन्ताबाट छुटकारा पाउनु पर्छ ।
जब स्खलन होला जस्तो लाग्छ आफ्नो मन अन्तैतिर लगेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि फेरि यौन क्रिया शुरु गर्ने । यसो गर्दा लामो समयसम्म यौन क्रिडा गर्न सकिन्छ ।
यौन क्रिया गर्दा स्खलन हुन लागेमालिंग योनीबाट बाहिर झिकेर लिंगको फेदमा बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । यसरी स्खलन रोकेर यौन उत्तेजना केही कम भएपछि फेरि यौनक्रिडा सुरु गर्ने ।
यौन क्रिडा गर्दा महिलामाथि पुरुष तल सुतेर यौन क्रिडा गर्दा पनि शीघ्रस्खलन कम भइ लामो समयसम्म यौन क्रिडा गर्न सकिन्छ ।
कन्डमले पनि कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्या कम गर्छ । योनी र लिंगको बीचमा बस्ने कन्डमले पुरुषमा उत्तेजना कम गरेर लामो समयसम्म यौनसम्पर्क गर्न सहयोग गर्छ ।
पिसाब रोक्न जुन मांसपेशी प्रयोग हुन्छ सोही मांसपेशीले वीर्य स्खलन रोक्न पनि सहयोग गर्छ । त्यसैले बेला बेलामा यो मांसपेशीको कसरत गरे पनि शीघ्रस्खलन कम गर्न सहयोग पुग्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !