१२ बैशाख २०८१, बुधबार

मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ


२९ असोज, काठमाडौं । निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !