११ बैशाख २०८१, मंगलबार

विषालु च्याउ खाँदा ९ जना बिरामी


chyau

१६ असोज, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा घरनजिकै रहेको बाँसघारीमा उम्रेको विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन् ।

बाँसघारीमा उम्रेको च्याउ बुधबार राति खाँदा विरामी हुनेमा जिल्लाको सीमा यादव, गीता यादव, मन्जु यादव, आशिष यादव, चन्द्रमती यादव, रोमा यादव, रामपुजन यादव, इश्रावती यादव र रोशनी यादव रहेका छन् ।

बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि १२ बजे राति नै उनीहरु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकव भीम अस्पतालका भैरहवाका सुपरिटेण्डेण्ट डा. नविन दर्नालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !