८ बैशाख २०८१, शनिबार

उमेर अनुसार कति पटक सेक्स गर्नु उचित हुन्छ ?


sex

एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । सेक्स गर्दा कति पटक गर्ने भन्ने कुराको कुनै नियम छैन । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो । विवाह पछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै सेक्स गर्न कम गरि सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए । फ्रिक्वेन्सी कम हुनुको कारण विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तै: हेक्टिक वर्क सेड्युल, घरको काम आदि ।एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ । के भन्छ अरु तथ्यांकले ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !