८ बैशाख २०८१, शनिबार

छिट्टै दाँत चम्काउले एक उत्तम उपाय


Whitening-teeth Whitening-teeth

मानिसलाई तुरुन्त प्रभाव पार्ने, अनुहार उज्यालो बनाउने र स्वास्थलाई मजबुत बनाउने अचुक प्राकृतिक औषधी हासो वा मुस्कान हो। उक्त मुस्कानलाई सुन्दरता दिने काममा चम्किलो दाँतको महत्वपुर्ण भूमिका रहन्छ। दाँतलाई सफा, स्वस्थ्य र सेतो बनाउन हामीले सामान्य रुपमा दैनिक मन्जन र ब्रसले दाँत माँझ्ने त गर्छौ नै तर दाँत माझ्ने सहीतरिका र पर्याप्त समयको ब्यवस्थापन गर्न नसक्दा हामीहरुले आफ्नो दाँतको चमक गुमाउन पुग्छौ।

तर चिन्ता नलिनुहोस् यहाँ दाँतलाई ३ मिनेटमै चम्काउने एक तरिका प्रस्तुत गरिएको छ ।

सामाग्रीहरु:
१. कागती – १ वटा
२. बेकिङ सोडा ( Sodium bicarbonate ) NaHCO– १ चम्चा
३. दाँत माझ्ने ब्रस्
४. सानो प्लेट

बिधी : सर्बप्रथम एउटा सानो प्लेट लिनुहोस् र त्यसमा १ चम्चा बेकिङ सोडा, (जसलाइ रोटीका परिकार बनाउन प्रयोग गरिन्छ) । त्यस पछी एउटा कागतीलाई बिचमा काटी दुइटुक्रा बनाउनु होस्। आधि टुक्रा कागतिलाई निचोरेर बेकिङ सोडामा उक्त कागतीको रस मिलाउनुहोस्। यहाँले बेकिङ सोडा ( क्षार ) र
कागतिको रस (अ्म्ल ) बिच रासायनिक प्रतिकृया हुँदाको आवाज सुनिनुको साथै कार्बनडाइअक्साइड  (CO2) ग्यासको कारणले निस्केको फिँज जस्तो फुल्का देखिन्छ। फिँज आउँदै गर्दा त्यसलाई चम्चाले चलाउनुहोस्। लबणको पेस्ट प्राप्त गर्नुहुनेछ। उक्त पेस्टलाई दाँत माझ्ने ब्रसमा लिएर मन्जनले दाँत माझेझै गरी ३ मिनेट जती माझ्नु होस् र पानीले मुख पखाल्नु होस्। यहाँले पहिले भन्दा धेरैनै सेतो र चम्किलो दाँत पाउनुहुने छ ।

– राम ठकुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !