७ बैशाख २०८१, शुक्रबार

कस्तो स्वभावकी युवतीले पहिलो नजरमै प्रेम गर्छन् ?


माया

नामको पहिलो अक्षरका आधारमा युवतीहरुको स्वभाव कस्तो होला ? जानी राखौँ ।

‘ए’ नामका युवती
पहिलो अक्षर ‘ए’ हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

‘बी’ नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा साथी बिना रहन पनि स्वीकार गर्छन् ।

‘जी’ नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

‘एम’ नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

‘पी’ नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

‘टी’ नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !