८ बैशाख २०८१, शनिबार

महामारीका रुपमा फैलियो डेंगु, नियन्त्रण विफल


८ भदौं, काठमाडौं । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ ।

धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ ।

मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ ।

नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो नियन्त्रण हुनेमा समेत आशंका छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !