७ बैशाख २०८१, शुक्रबार

क्यान्सरका बिरामी ५० का ठाउँमा सय तिर्न बाध्य


क्यान्सर

२० साउन, काठमाडौं । क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् ।

पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ ।

‘क्यान्सर रोग विकराल बन्दै गएको अवस्थामा यस विषयमा सरकारको ध्यान पुग्न नसक्नु दुखको विषय हो’ विज्ञहरुले भनेका छन् ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको छ । नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त एड्भान्स, काठमाडौं इम्याजिङ प्रालि.ले औषधि उत्पादक कम्पनी र जेट एयरवेयजसँग सम्झौता गरी नेपालमै पेटस्क्यान गर्ने व्यवस्था मिलाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !